उत्कृष्ट विद्यार्थीलाई होलील्याण्डले छात्रबृति दियो

१५ असार २०७५, शुक्रबार १६:२१
 


सदरलाइनडटकम
नेपालगन्ज :  होलील्याण्ड इग्लिस सेकेण्डरी स्कुल नेपालगन्जले हालै सम्पन्न एसईई परिक्षामा उत्कृष्ट हुने बिद्यार्थीहरुलाई सम्मानका साथै छात्रबृति प्रदान गरेको छ । शुक्रबार बिद्यालयमा आयोजित एक कार्यक्रमकाबीच बिद्यार्थीहरुलाई सम्मानका साथै छात्रबृति प्रदान गरिएको हो ।
उत्कृष्ट हुने छात्रा ज्योती थापामगर, छात्र कुमार बुढालाई बिद्यालय र बिभिन्न पक्षबाट छात्रबृति प्रदान गरियो । बिद्यालयका पूर्व संस्थापक सुरेश परसाईलाले आमा उर्मिलादेवी परसाईलाको सम्झनामा उत्कृष्ट भएका छात्र छात्रालाई जनही ५ हजार १ सयको छात्रबृति प्रदान गरे । त्यस्तै एस.एन टि शोलुसनका तर्फबाट निरज श्रेष्ठले छात्र छात्रा लाई जनही ५ हजार छात्रबृति सहयोग गरे ।
बिद्यालयका तर्फबाट उत्कृष्ट हुनेहरुलाई भर्ना शुल्क, वार्षिक शुल्क जस्ता अन्य शुल्क नलिने घोषणा बिद्यालयका संस्थापक ÷ पिन्सिपल प्रशान्त श्रेष्ठले जानकारी दिए । बिद्यार्थीहरुलाई प्रोत्साहन गर्नका लागि छात्रबृति प्रदान गरिएको श्रेष्ठले बताए । सम्मान कार्यक्रममा संस्थापक अध्यक्ष उमाकान्त गोइत, पत्रकार महासंघ बाँकेका सल्लाहकार नरेन्द्र थापा लगायतले बोलेका थिए ।

Next Post

रेडहिलका विद्यार्थीले मनाए धान दिवश

१५ असार २०७५, शुक्रबार १६:२१
सदरलाइनडटकम नेपालगन्ज : आज असार १५ । राष्ट्रिय धान दिवश तथा दही चिउरा खाने दिन । देशभर धान दिवश मनाइरहँदा बाँकेमा बिद्यालयका विद्यार्थीहरुले पनि धान दिवश धुमधामका साथ मनाएका छन् । नेपालगन्ज—१० आदर्शनगरमा रहेको रेडहिल एकेडेमी स्कुलले आफ्ना विद्यार्थीहरुलाई धान दिवशमा सहभागि बनाउनुका साथै उनीहरुलाई दही चिउरा समेत खु्वाएको छ […]