अफवाह फैलाउनेमाथि बाँके प्रहरीको कडा निगरानी

२२ बैशाख २०७७, सोमबार १४:०१
 

सदरलाइनडटकम,
नेपालगञ्ज : सामाजिक संजालमा अफवाह फैलाउनेमाथि बाँके प्रशासनले कडा कारबाही गर्ने चेतावनी दिएको छ । जिल्ला प्रहरी कार्यालय बाँकेले सोमवार सूचना जारी गर्दै सामाजिक संजालमा कोरोना संक्रमणको भ्रामक सूचना फैलाउनेमाथि कडा कारबाही गर्ने चेतावनी दिएको हो ।
बाँके प्रहरीले संघीय स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको आधिकारिक सूचनाविना कुनैपनि सूचनाहरुमाथि बिश्वास नगर्न सर्वसाधारणलाई अनुरोध गरेको छ । कोरोना भाइरस संक्रमण तथा रोकथामका लागि सरकारले बनाएको मापदण्डका आधारमा सूचना सम्प्रेसण तथा जानकारी दिने भएकोले कसैले पनि सामाजिक संजालमा भ्रामक र गलत सूचना प्रकाशन, प्रसारण, पोष्ट, शेयर र कमेन्ट नगरी दिन जिल्ला प्रहरीका प्रवक्ता शिवबहादुर सिंहद्वारा हस्ताक्षरित सूचनामा जनाइएको छ ।
जिल्ला प्रहरी कार्यालयले जारी गरेको सूचनामा सामाजिक तथा धार्मिक सद्भावमा आँच आउने, खलल पार्ने, जात, धर्म, वर्ण, पेशा, लिङ्गका आधारमा कसैलाई लक्षित गरी समाचार प्रकाशन, प्रसारण नगरिदिन अनुरोधसमेत गरेको छ । कसैले पनि यस प्रकारका कार्यमा गलत र भ्रामक सूचना प्रकाशित, प्रसारित गरे कानुनी कारवाहीसमेत गर्ने जनाइएको छ ।


Next Post

जबरजस्ती करणीको आरोपमा पक्राउ

२२ बैशाख २०७७, सोमबार १४:०१
सदरलाइनडटकम, कपिलवस्तु : जबर्जस्ती करणीको प्रयास गरेको आरोपमा कपिलवस्तुमा एकजना पक्राउ परेका छन् । जिल्लाको महाराजगञ्ज नगरपालिका वडा नं. ५ इटरोलमा एक किशोरीलाई जबर्जस्ती करणीको प्रयास गर्ने २६ वर्षीय रवीन्द्र केवट सोमवार पक्राउ परेका हुन् । आइतवार राति करीब १२ बजे युवतीका घरमा जबर्जस्ती करणीको प्रयास गरेपछि केवटलाई पक्राउ गरिएको […]