नेपालगञ्जमा थप नौ जनामा कोरोनाको पुष्टि

२१ बैशाख २०७७, आईतवार १६:४४
 

सदरलाइनडटकम,
नेपालगञ्ज : बाँकेका थप ९ जनामा कोरोना भाईरस संक्रमण देखिएको छ । आईतवार एकै दिन बाँकेका ९ र पर्सामा १ जना कोरोना संक्रमण पुष्टि भएको हो ।
स्वास्थ्य मन्त्रालयले आइतवार नियमित पत्रकार सम्मेलनमार्फत् थप १० जनामा संक्रमण भएको जानकारी दिएको हो । मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले ९ जना नेपालगञ्ज र एकजना पर्साका ३६ वर्षीय युवकमा कोरोना संक्रमण पुष्टि भएको जानकारी दिए ।
नेपालगञ्जमा भेटिएकाहरु ५ महिला र ४ जना पुरुष रहेका छन् । योसँगै नेपालमा कोराना संक्रमितको संख्या ६९ जना पुगेको छ ।

Next Post

बाँकेमा थप ६ जनामा कोरोना संक्रमण भेटियो

२१ बैशाख २०७७, आईतवार १६:४४
सदरलाइनडटकम, नेपालगञ्ज : नेपालगञ्ज कोरोनाको ‘हटस्पट’ बन्दै गएको छ । आइतवारनै नेपालगञ्जमा ९ जनामा कोरोना संक्रमण भेटिएसँगै बाँके ‘हटस्पट’ बन्दै गएको हो । बाँकेमा थप ६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालय स्रोतका अनुसार भेरी अस्पतालमा गरिएको परीक्षणमा उनीहरुमा कोरोना संक्रमण देखिएको हो । यसअघि […]