बाँकेमा बुधवार मदिरा विक्री वितरणमा प्रतिबन्ध

सदरलाइन संवाददाता ८ कार्तिक २०८०, बुधबार १३:४३
 

नेपालगञ्ज : बाँके जिल्लाभर बुधवारका दिन मदिरा विक्री वितरण तथा उपभोगमा प्रतिबन्ध लगाइएको छ ।

जिल्ला प्रशासन कार्यालय बाँकेले बडा दशैंको भोलीपल्ट अर्थात आज (बुधवार) दुर्गा मुर्ति विसर्जन र्याली निस्कने भएकाले र्यालीलाई सभ्य, शान्त, अनुशासित एवम् मर्यादित बनाउन बुधवार विहान ८ बजेदेखि राती १२ बजेसम्म मदिराजन्य पदार्थको ओसारपसार, विक्री वितरण तथा उपभोग निषेध गरिएको जनाएको छ ।

प्रमुख जिल्ला अधिकारी श्रवणकुमार पोखरेलद्वारा जारी सूचनामा जिल्लाको समग्र शान्ति सुरक्षा, सुव्यवस्था र सार्वजनिक हितलाई ध्यानमा राखी जारी गरिएको सूचनाको प्रभावकारी कार्यान्वयनका लागि सबैमा अपिल गरिएको छ । सूचनाको वर्खिलाप कुनै गतिविधि वा कार्य भएमा कानुन बमोजिम कार्वाही गरिने उल्लेख छ । बाँकेमा बडा दशैंको भोलीपल्ट अर्थात आजका दिन जिल्लाका विभिन्न स्थानबाट दुर्गा भवानीको मुर्ति पबित्र जलकुण्डरनदी घाटहरुमा विसर्जन गर्ने परम्परा छ ।


यसैवीच जिल्ला प्रशासन कार्यालय बाँकेले बुधवार गरिने दुर्गा मुर्ति विसर्जनका लागि समय सीमा निर्धारण गरेको छ । बाँकेका प्रमुख जिल्ला अधिकारी पोखरेलले जिल्लामा शान्ति सुरक्षा कायम राख्ने उद्देश्यले मुर्ति विसर्जनको समय सीमा निर्धारण गरिएको जानकारी दिए ।

उनले दुर्गा भवानीको मुर्ती विसर्जन र्याली अत्यन्तै मर्यादित, अनुशासित, शान्त एवम् शौम्य तुल्याउन अनुरोध गर्दै साँझ ५ बजे अघि नै मुर्ति विसर्जन सम्पन्न गर्न अनुरोध गरिएको बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

बुधवार एकादशीको दिन पनि दशैंको टीका लगाईंदै

८ कार्तिक २०८०, बुधबार १३:४३
नेपालगञ्ज : दशैंको टीका र जमरा लगाउने क्रम बुधवार एकादशीका दिन पनि जारी छ । नवदुर्गाको प्रसाद स्वरूप टीका र जमरा लगाउने क्रम कोजाग्रत पूर्णिमाका दिन अखिल बलि पूर्ति नभएसम्म जारी रहन्छ । नेपालीले आश्विन शुक्ल प्रतिपदादेखि आश्विन शुक्ल पूर्णिमासम्मको १५ दिन बडादसैँ पर्व भव्य रूपमा मनाउँछन् । आश्विन शुक्ल […]