नरैनापुरमा आगलागी हुँदा ३ घर नष्ट

सदरलाइन संवाददाता १९ चैत्र २०७७, बिहीबार १९:४०
 


नरैनापुर (बाँके) : बाँकेको नरैनापुर गाउपालिका वडानं. ४ नरैनापुरमा बिहीबार दिउसो साढे तीनबजे आगलागी हुँदा ३ घर जलेर नष्ट भएको छ ।

नरैनापुर गाउपालिकाबाट घोरदौरिया जाने बाटोमा रहेको स्थानीय नितराम धोबीको घरबाट सल्केको आगोले राम अवतार धोबी र शिवसन्त धोबीको घरपनि जलेर नस्ट भएको हो ।

आगलागिको सूचना पाउने वित्तिकै ईलाका प्रहरी कार्यालय भगवानपुरबाट खटेको प्रहरी, सशस्त्र प्रहरी बेसक्याम्प नरैनापुर, स्थानीय बासिन्दा र दमकलको सहायताले आगो नियन्त्रणमा आएको ईप्रका भगवानपुरका ईन्चार्ज प्रहरी निरिक्षक बसन्त गौतमले जानकारी दिए ।


धोबीको घरमा लागेको आगोले नजिकै खेतमा पाकेर भित्र्याउने तयारीमा रहेको करिव ७ कठ्ठाको गहुँसमेत जलेको छ । नरैनापुरमा फागुन १७ यता ७ स्थानमा आलागिका घटना भएको छन ।

बाँकेको नरैनापुर गाउपालिका वडानं. ४ नरैनाप्ुरमा बिहीबार दिउसो साढे तीनबजे आगलागी हुँदा खेतमा पाकेको गहुँमा आगो सल्केपछि डढेको गहुँको बाला संकलन गदै स्थानीय बालबालिका । सो आगलागीमा ३ घर जलेर नष्ट भएको छ । फोटो : रुद्र सुवेदी\ सदरलाइन डट कम

Next Post

नरैनापुरमा हात्तिपाईलेबिरुद्धको आमऔषधि खुवाउने राष्ट्रिय अभियान तयारी तीब्र

१९ चैत्र २०७७, बिहीबार १९:४०
नरैनापुर (बाँके) : हात्तिपाईले बिरुद्धको आम औषधि खुवाउने राष्ट्रिय अभियान सफल पार्नका लागि बाँकेको नरैनापुर गाउपालिकाले पालिकास्तरिय योजना तथा बहुनिकाय गोष्ठी बिहीबार सम्पन्न गरेको छ । यहि चैत २० गतेबाट देशभर खुवाईने सो औषधि नरैनापुरमा ४० हजार ८ सय ४३ हात्तिपाईले बिरुद्धको औषधि खुवाईदै छ । जसमध्ये ११ हजार ८ […]

सम्बन्धित