बेल्बासेको अध्यक्षतामा कोहलपुर उपभोक्त हित संरक्षण मन्च

सदरलाइन संवाददाता २४ कार्तिक २०८०, शुक्रबार १६:०२
 

कोहलपुर (बाँके) : बाँकेको कोहलपुर नगरपालिकामा उपभोक्त हित संरक्षण मन्च कोहलपुर नगरको अध्यक्षमा पत्रकार एव सामाजिक अभियान्ता बिष्णु प्रसाद बेल्बासे चयन भएका छन् । मन्चका लुम्बिनी प्रदेश उपाध्यक्ष प्रभात सिह ठकुरिको आतिथ्यतामा भएको भेलाले बेल्बासेलाइ अध्यक्षमा सर्बसमत चयन गरेको हो ।

सात सदस्यीय समितिको उपाध्यक्षमा रेडियो मिसनका स्टेशन म्यानेजर बैकुण्ठ अधिकारी, सचिबमा युथ मिडिया हबका निर्देशक हुमहरी भट्टराई, सह सचिवमा शरला सुवेदी, कोषअध्यक्षमा प्रतिमा कडेल र सदस्यमा ब्राइटलाइट एकेडेमीका सस्थापक गोबिन्द चौधरी र शिक्षक केशवराज रिजाल चुनिएका छन् ।


कार्यक्रमका प्रमुख अतिथी उपभोक्त हित संरक्षण मन्च लुम्बिनी प्रदेश उपाध्यक्ष ठकुरिले भेलालाई सम्बोधन गर्दै बजार बाट उपभोक्ताहरु ठगिन र अखाद्य बस्तु बिक्रीवितरणमा रोक लगाउनका लागि नगर पालिकाको समन्वयमा काम गर्नुपर्ने बताए ।

नव निर्वाचित अध्यक्ष बिष्णु प्रसाद बेल्वासेले जन सरोकारका बिषयमा अनुगमन गर्दै आम उपभोक्ताहरुलाई सचेत गराउने र उपभोक्ताका हर सवालमा आवाज उठाउने बताए । उनले बजारमा देखिएका बेथिती र बिक्रितीलाई न्युनिकरण गर्न उपभोक्त हित संरक्षण मन्च कोहलपुर सदैव क्रियाशिल रहने समेत वताएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

सीमा सुरक्षा तथा अवैध निकासी पैठारी नियन्त्रण गरिने प्रतिबद्धता

२४ कार्तिक २०८०, शुक्रबार १६:०२
नेपालगञ्ज : सशस्त्र प्रहरी बल, नेपाल नम्बर पाँच विन्ध्यवासिनी बाहिनीको आयोजनामा नेपाल र भारतका डीआइजीस्तरीय समन्वयात्मक सुरक्षा बैठक सम्पन्न भएको छ । सशस्त्र प्रहरी बल ३० नम्बर बागेश्वरी गण बाँकेका प्रमुख एसपी रमेशविक्रम शाहीले दिनुभएको जानकारीअनुसार सशस्त्र प्रहरी बल, नेपाल नम्बर पाँच विन्ध्यावासिनी बाहिनी मुख्यालय रुपन्देही र भारतीय सशस्त्र सीमा […]