सदरलाइनडटकम,
नेपालगञ्ज : आर्मीको गाडीले ठक्कर दिँदा बाँकेमा एक जनाको मृत्यु भएको छ । कोहलपुरस्थित एनटिभि चोकमा शनिवार बेलुका भएको दुर्घटनामा कोहलपुर नगरपालिका वडा नं. २ का २४ वर्षीय किरण भुषालको मृत्यु भएको हो ।
नेपालगञ्जबाट कोहलपुर जाँदै गरेको नेपाली सेनाको बा २ झ ६३४१ नम्बरको गाडीले भे ४ प ७६२० नम्बरको मोटरसाईकललाई ठक्कर दिँदा मोटरसाईकल चालक भुषालको मृत्यु भएको हो ।
मोटरसाईकल पछाडी बसेकी बारबर्दिया नगरपालिका ४ की २७ वर्षीया प्रतिक्षा भुषाल गम्भीर घाईते भएकी छन् । उनको शिक्षण अस्पताल कोहलपुरमा उपचार भईरहेको ईलाका प्रहरी कार्यालय कोहलपुरले जनाएको छ । दुर्घटनालगत्तै प्रहरीले सेनाको गाडीलाई नियन्त्रणमा लिएको छ ।
