दोश्रो लटमा बाँकेका १७ प्रहरीसहित २० जनामा संक्रमण

; १९ भाद्र २०७७, शुक्रबार १८:५७
 

नेपालगञ्ज : भेरी अस्पताल नेपालगञ्जले शुक्रवार दोश्रो पटक जारी गरेको विवरणअनुसार बाँकेमा थप २० जनामा कोरोना संक्रमण देखिएको छ । जसमध्ये जिल्ला प्रहरी कार्यालय बाँकेका १७ जनासहित २० जनामा संक्रमण देखिएको हो ।

यसअघि ४० जनामा कोरोना देखिएको मध्ये ४ जना प्रहरी थिए । जिल्ला प्रहरी कार्यालयमा एक जना थुनुवालाई कोरोना देखिएपछि मुद्दाफाँटमा काम गर्नेलाई पनि संक्रमण देखिएको थियो ।


संक्रमितहरुलाई प्रहरी तालिम केन्द्रमा आइसोलेशन बनाएर राख्ने तयारी भइरहेको छ । दोश्रो लटमा नेपालगञ्जका ३ जना संक्रमित रहेका छन् ।

Next Post

बाँकेमा १४ जना कोरोनामुक्त भई डिस्चार्ज

१९ भाद्र २०७७, शुक्रबार १८:५७
नेपालगञ्ज : बाँकेबाट शनिवार १४ जना कोरोनामुक्त भई घर फर्केका छन । १४ दिने आईसोलेशन बसाई पुरा गरी उनिहरु घर फर्केका हुन् । ४ वर्षीय बालकदेखि ५५ वर्षीय महिलासम्म कोरोनामुक्त भई डिस्चार्ज भएको स्वास्थ्य कार्यालय बाँकेका कोरोना फोकल पर्सन नरेश श्रेष्ठले जानकारी दिए । योसँगै बाँकेमा कोरोनामुक्त भई डिस्चार्ज हुनेको […]

ताजा अपडेट