चालकको दृष्टि चेकजाँच

सदरलाइन संवाददाता १९ जेष्ठ २०८०, शुक्रबार १४:१२
 

दाङ : दाङको देउखुरीमा चालकको दृष्टि चेकजाँच गरिएको छ । जिल्ला ट्राफिक प्रहरी कार्यालय घोराहीको आग्रहमा लमही आँखा अस्पतालका चिकित्सक तथा प्राबिधिक पुगेर दर्जनौं चालकहरुका दृष्टि चेकजाँच गरिएको हो ।

‘चालकको दृष्टि कस्तो छ ? र उनीहरुको प्रेसर कस्तो छ भनेर चेकजाँच गर्ने काम भएको हो,’ दाङका ट्राफिक प्रमुख किरण मल्लले भने ‘ चालकको अवस्था बुझेर सोही अनुरुप सुझाब दिइ दुर्घटना न्यूनिकरण गर्ने भन्ने उदेश्यका साथ काम भएको हो ।’

त्यसका जिल्ला देउखुरीका राप्ती उपत्यका, गढवा लगाएतका स्थानमा पुगेर ट्राफिक प्रमुख मल्लसहितको टोलीले स्कुले बालबालिकालाई ट्राफिक नियमको पालना कसरी गर्ने भन्ने बारे सिकाएका थिए ।


जेब्रा क्रसिङबाट मात्रै किन बाटो काट्ने, सडकमा कुन लेनबाट हिँड्ने, जस्ता कुराहरु सिकाइएको मल्लले बताए

लुम्बिनीको राजधानी भइ सकेपछि देउखुरी क्षेत्रमा सवारी चाप बढेको हुँदा संभावित दुर्घटना रोक्नका लागि कामहरु गरिएको ट्राफिक प्रमुख मल्लले जानकारी दिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

नरैनापुरका अग्नी पीडितलाई राहत सामग्री वितरण

१९ जेष्ठ २०८०, शुक्रबार १४:१२
नरैनापुर (बाँके) : बाँकेको नरैनापुर गाउँपालिका वडा नं. ५ को जमुनाहा गाउँमा आगलागीबाट प्रभावित घरपरिवारलाई राहत स्वरुप खाद्यान्न सहित दैनिक उपभोग्य वस्तु सामाग्री सहयोग गरिएको छ । कोहलपुर उद्योग वाणिज्य संघ र कोभिड खाद्य बैंक कोहलपुरद्वारा संयुक्त रुपमा प्रभावित क्षेत्रमा पुगेर आगलागीबाट प्रभावित १२ घरपरिवारलाई राहत सामाग्री सहयोग गरिएको हो […]

सम्बन्धित