सदरलाइनडटकम,
नेपालगञ्ज : बाँकेमा एक पुरुषको बेवारिसे शव फेला परेको छ । कोहलपुरमा शनिवार बिहान एक पुरुष मृत अवस्थामा फेला परेका हुन् ।
कोहलपुर ११ स्थित न्यूरोड चोक नजिक रहेको कोहलपुर सव डिभिजन बन कार्यालय अगाडिको प्रतिक्षालयमा एक पुरुष मृत अवस्थामा भेटिएको इलाका प्रहरी कार्यालय कोहलपुरका प्रमुख प्रहरी नायब उपरीक्षक कुलदिप चन्दले जानकारी दिए ।
पहिचान नखुलेका अन्दाजी ४५ बर्षीय ती व्यक्तिको आफन्तको खोजी भइरहेको उनले बताए । मृतकको शवलाई पोस्टमार्टमका लागि भेरी अस्पताल ल्याइएको छ । स्थानीयका अनुसार उनी केही समयदेखि सोही क्षेत्रमा मागेर जीवकोपार्जन गर्दै आएका थिए । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
