नेपालगञ्ज र सुर्खेतमा अलपत्र परेका हुम्लीको उद्धार

२० बैशाख २०७७, शनिबार १४:५६
 

सदरलाइनडटकम,
नेपालगञ्ज : नेपालगञ्ज र सुर्खेतमा अलपत्र परेका हुम्लाबासीलाई उद्धार गर्न थालिएको छ । राष्ट्रिय सडक सञ्जालमा नजोडिएको हुम्लामा उनीहरुलाई हवाई मार्गबाट उद्धार गर्न थालिएको हो ।
हुम्लाबाट सुर्खेत र नेपालगञ्जमा पढ्न, उपचार गर्नलगायत विभिन्न कामले आएका नागरिकलाई शनिवारदेखि कर्णाली प्रदेश सरकारको पहलमा जिल्ला पुर्याउने व्यवस्था गरिएको हो । खान र बस्न समस्या भएर अलपत्र परेकाहरुले उद्धार गर्न आग्रह गरेपछि पहल गरिएको उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री नन्द सिंह बुढाले बताए ।
हवाई भाडा भने नागरिक आफैले तिरेको र प्रदेश सरकारले एयरलाइन्सहरुसँग समन्वय गरेर जेष्ठ नागरिक, पूर्ण अपाङ्गता भएका व्यक्ति र विद्यार्थीहरुलाई ५० प्रतिशत छुट दिइने व्यवस्था मिलाइएको उनले जानकारी दिए ।
उद्धार गरेर हुम्ला पठाइएका व्यक्तिहरुलाई सम्बन्धित पालिकासँग क्वरेण्टीनमा राख्नका लागि समन्वय भएको सामाजिक विकास मन्त्री दल रावलले बताए ।

Next Post

आर्मीको गाडीले ठक्कर दिँदा बाँकेमा एकको मृत्यु

२० बैशाख २०७७, शनिबार १४:५६
सदरलाइनडटकम, नेपालगञ्ज : आर्मीको गाडीले ठक्कर दिँदा बाँकेमा एक जनाको मृत्यु भएको छ । कोहलपुरस्थित एनटिभि चोकमा शनिवार बेलुका भएको दुर्घटनामा कोहलपुर नगरपालिका वडा नं. २ का २४ वर्षीय किरण भुषालको मृत्यु भएको हो । नेपालगञ्जबाट कोहलपुर जाँदै गरेको नेपाली सेनाको बा २ झ ६३४१ नम्बरको गाडीले भे ४ प […]

सम्बन्धित