‘लागूऔषध दुर्व्यसन रोग हो, उपचार तथा काउन्सिलिङ्ग हुनसके निको हुन सक्छ’

लक्ष्मी तिमिल्सेना २५ मंसिर २०७८, शनिबार १८:०७
 


नेपालगञ्ज : लागु औषधको दुर्व्यसन पनि एक प्रकारको रोग भएको र यसको समयमा उपचार तथा काउन्सिलिङ्ग हुनसके पुरानो लयमा फर्कन सक्ने नेपालगञ्जमा ओयोजित एक कार्यक्रमका सहभागिले औल्याएका छन ।

नेपालगञ्ज उपमहानगरको आयोजना तथा उपमहानगरमा सञ्चालनमा रहेका लागू औषधविरुद्धको पुनस्थापना केन्द्रहरुको संयोजनमा आयोजित कार्यक्रमका सहभागिले सो कुरा औल्याएका हुन ।

कार्यक्रममा नेपालगञ्ज उपमहानगर महिला बालबालिका तथा जेष्ठ नागरिक महाशाखा प्रमुख शोभा शाहले लागू औषधको दुर्व्यसनमा बालबालिका चाँडै फस्न सक्ने भएकोले उनीहरुको आनीबानी तथा व्यवहारलाई अभिभावकले निरन्तर नियाल्नु पर्ने सुझाव दिदै यदी कुलतमा फसेको थाहा पाउने वित्तिकै उपचारमा राख्नु पर्ने सुझाव दिईन ।

उनले भनिन–‘ परिवारका सदस्य लागू औषधका दुर्व्यसनमा फसेको जानकारी पाउने वित्तिकै लुकाउने प्रबृत्ति हाम्रो समाजमा छ । यो लुकाउनु भन्दा पनि दुव्र्यसनमा परेको जानकारी पाउने वित्तिकै उपचारमा लैजान आवश्यक छ ।’ उनले दुर्व्यसनमा परेकालाई समाजले हेयको दृष्टिले हेर्ने कारणले पनि उनीहरु प्रति नकारात्मक दृष्टिकोण बन्ने गरेको बताउदै उनीहरुलाई हेर्ने दृष्टि र गर्ने व्यवहारमा सामान्य हुँदाको अवस्थाकै गर्नु पर्ने कुरामा जोड दिईन ।

कार्यक्रमका प्रमुख अतिथी समेत रहेका बाँके जिल्ला अदालतका न्यायाधिश खडानन्द तिवारीले लागू औषध प्रयोगकर्तालाई कानूनी सजाय भन्दा पनि उनीहरुलाई उपचारात्मक पद्धतीबाट अघि लैजानु पर्ने कुरामा जोड दिए ।

उनले लागू औषधको मुद्दामा ल्याईएका व्यक्तिको केश हिस्ट्रि, व्यावसायी हो वा प्रयोगकर्ता के हो छुट्टयाउन आवश्यक रहेको औल्याउदै लागू औषधका प्रयोगकर्तालाई पुर्नस्थापना केन्द्रमा पुराई उपचार गराउन सके नतिजा राम्रो आउने सुझाव दिए ।

‘पटक–पटक लागू औषधको मुद्दामा आउनेलाई भन्दा पहिलो पटक आउनेलाई काउन्सिङ्गि गरी पुनस्थापना केन्द्रमा राखेर उपचार गरी सामान्य सरह नै व्यवहार घरपरिवार, समाजले गर्न सके लागू औषध दुव्र्यसनको बिमारको उपचारबाट घर फर्केकालाई सामाजिक पुनरमिलनमा सहज हुन्छ’–उनले भने ।

लागू औषधका दुर्व्यसनी पुनस्थापना केन्द्रबाट उपचार सकेर निस्किसकेपछि पनि केन्द्रले प्रगोगकर्तालाई समाजमा पुनस्थापित गराउनका लागि पहल गर्न आवश्यक रहेको साथै यसकार्यमा परिवार र समाजको पनि ठुलो भुमिका हुने बताउदै ३ वटै तहको सरकारले उनिहरुलाई समाजमा पुनस्थापना गराउदै रोजगारी र सिप अभिवृद्धिमा ध्यान दिन आवश्यक रहेको उनको भनाई थियो ।

कार्यक्रममा लागू औषध प्रयोगकर्ता समेत रहेका हिमांशु पोख्रेलले आफु पुनस्थापना केन्द्रमा पुगेर उपचार गराई नयाँ जीवन पाएको अनुभव सुनाए । उनले भने–‘एसएलसीमा अनुतिर्ण भएपछि लागू औषधको कुलतमा फसेको म अहिले पुनस्थापना केन्द्रमा बसेर त्यहाँको काउन्सिलिङ्ग, उपचारपछि घर फर्केर पुनः अध्ययनमा जोडिएको छु । लागू औषधको कुलतको विमारीबाट मुक्त भएपछि अध्ययन सुचारु गर्दै स्नाकोत्तर तहमा पुगेको छु ।’

उनले कुलतको उपचार नै पुनरमिलन भएको कुरामा जोड दिदै भने–‘ समाजले पनि हामी जस्तालाई हेर्ने नजर बदल्दै अवसर दिनुपर्छ ।’ उनले पुनस्थापना केन्द्रको उपचारको कारण आफ्नो दिन पुनः सामान्य हुँदै आएको दाबी गरे ।

सो कार्यक्रममा नेपालगञ्ज उच्च अदालत बार, जिल्ला कारागार, जिल्ला प्रहरी कर्यालय तथा मातहतका प्रहरी निकाय, पत्रकार, पुर्नस्थापना केन्द्रका प्रमुख तथा प्रतिनिधि र सम्बन्धित सरोकारवाला निकायका प्रमुखहरुको उपस्थिति रहेको थियो । कार्यक्रमका सहभागिले लागू औषध सेवनकर्तालाई सुधारको लागि सबैले सहयोग गर्ने प्रतिबद्धता समेत जाहेर गरेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

देउवा समुहले प्यानलमै दिए उम्मेदवारी

२५ मंसिर २०७८, शनिबार १८:०७
काठमाडौं  :  लामो रस्साकस्सीपछि नेपाली कांग्रेसको देउवा समुह अर्थात संस्थापन समूहले नयाँ नेतृत्वको लागि उम्मेदवारी मनोनय गराएका छन् । १३ पदाधिकारीसहित १ सय ३४ जनाले संस्थापन समूहबाट उम्मेदवारी मनोनयन दर्ता गराएका हुन् । सभापतिमा शेरबहादुर देउवा, उपासभापतिमा पूर्णबहादुर खड्का र विजयकुमार गच्छदार, महामन्त्रीमा डा. प्रकाश शरण महत र प्रदीप पौडेलले […]