लागुऔषधसहित बाँकेमा चार जना पक्राउ

सदरलाइन संवाददाता २८ भाद्र २०७८, सोमबार १५:४२
 

नेपालगञ्ज : प्रतिबन्धित लागुऔषध ब्राउन सुगरसहित नेपालगञ्जको जमुनाहबाट दुई जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा लमही नगरपालिका–५ का २५ वर्षीय तिमशी रानामगर र गढवा गाउँपालिका–६ का २५ वर्षकै करण मल्ल रहेका छन् ।

रुपइडिहाबाट नेपाल प्रवेश गर्दै गरेका उनीहरुलाई लागुऔषध व्यूरो र जमुनाह प्रहरीको टोलीले चेकजाँच गर्नेक्रममा तिमशीले लगाएको ट्राउजरको पछाडीको दाहिने खल्तीमा कालो प्लाष्टिकमा बेरेको ६ ग्राम ब्राउन सुगर फेला परेको हो ।


उनीहरुलाई जिल्ला प्रहरी कार्यालयको हिरासतमा राखेर अनुसन्धान सुरु गरिएको प्रहरीले जनाएको छ ।

यस्तै दुई ग्राम ब्राउनसुगरसहित दुई जनालाई नेपालगञ्जबाट पक्राउ गरिएको छ । नेपालगञ्ज उपमहानगरपालिका–७ का २८ वर्षीय रोमन भनिने सलमान राई र त्रिबेणी गाउँपालिका–१ रुकुमका २८ बर्षकै सम्राट खत्रीलाई पक्राउ गरिएको बाँके प्रहरीले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

भेरी अस्पतालमा स्वास्थ्यकर्मीको लापरवाही देखिएको निश्कर्ष

२८ भाद्र २०७८, सोमबार १५:४२
नेपालगञ्ज : भेरी अस्पतालमा गएको भदौ ९ गते भएको घटनामा स्वास्थ्यकर्मीको लापरवाही देखिएको छानविन समितिले निश्कर्ष निकालेको छ । त्यहीअनुसारको प्रतिवेदन समितिले बाँकेका प्रमुख जिल्ला अधिकारी शिवराम गेलाललाई बुझाएको छ । अस्पतालमा सुत्केरी भएकी बाँके सिमलघारीकी चन्द्रा विकको शिशुको मृत्यु भएपछि अस्पतालमा तनाव भएको थियो । शव बुझेर अन्तिम संस्कार […]

सम्बन्धित