अन्तराष्ट्रिय श्रमिक दिवसमा मुख्यमन्त्री पोखरेलले दिए शुभकामना

१९ बैशाख २०७७, शुक्रबार ०८:५९
 

सदरलाइनडटकम,
बुटवल  : अन्तराष्ट्रिय श्रमिक दिवसको अवसरमा ५ नम्बर प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले सामाजिक सञ्जाल फेसबुक मार्फत शुभकामना व्यक्त गरेका छन ।

मुख्यमन्त्री पोखरेलले पोष्ट गरेको शुभकामना सन्देसमा श्रमिक दिवस कोरोनाविरुद्ध संघर्षको संकल्प दिवस बन्न पुगेको उल्लेख गर्दै लेखेका छन ‘कोरोना रोकथाप तथा नियन्त्रणका लागि गरिएको बन्दाबन्दीले सबै भन्दा बढी प्रभावित वर्ग श्रमिक नै हो ।’


शुभकामना सन्देशमा कोभिड १९ का कारण करोडौ श्रमिकहरुको रोजगारी संकटमा परेको बताउदै उनले संकटका बेला श्रमिकले भोग्नु परेका समस्यामा चिन्ता व्यक्त गर्दै मे दिवसको अवसरमा कोरोना विरुद्ध संघर्ष गर्नका लागि सबैले संकल्प गर्नु पर्ने धारणा व्यक्त गरेका छन ।

Next Post

नेपालगञ्जमा कोरोना संक्रमित भेटिए

१९ बैशाख २०७७, शुक्रबार ०८:५९
सदरलाइनडटकम, नेपालगञ्ज  :  पाँच नंम्बर प्रदेशमा कोरोना भाइरसका दुई संक्रमित भेटिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार नेपालगञ्जका एक जना र एकजना रुपन्देहीका पुरुषमा कोरोना पुष्टी भएको हो । प्रदेसमा पहिलो पटक कोरोना भाईरसको संक्रमित पुष्टि भएको हो । उनीहरु मध्ये एकजनाको राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा गरिएको परीक्षणबाट कोरोना पुष्टि […]