जमुनाहा नाकाबाट लागुऔषधसहित चार जना पक्राउ

सदरलाइन संवाददाता २६ जेष्ठ २०७९, बिहीबार १५:३४
 

नेपालगञ्ज : नेपालगञ्जको जमुनाहा नाकाबाट बिहीवार लागुऔषध ब्राउन सुगरसहित चार जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा जानकी गाउँपालिका २ कठोरपुरका २२ वर्षीय श्रवण सुनार, अछाम तुर्माखाद ८ धमालीका २२ वर्षीय नवीन विष्ट, भारत बहराइचका २१ वर्षीय बब्बु घोसी र २२ वर्षीय राहुल शाही रहेका छन् ।

सुनार र विष्ट सवार भे ६ प ९७७३ नम्वरको स्कुटीलाई जमुनाह प्रहरीले शंका लागेर चेकजाँच गरेको थियो ।

लागुऔषध व्यूरोको टोली र जमुनाहा प्रहरीको टोलीले आवश्यक जाँच गर्दा शाहीको पाइन्टको बायाँ खल्तीमा ४ सय ५० लिमिग्राम ब्राउन सुगर फेला परेको जमुनाहा प्रहरीका इन्चार्ज प्रहरी बरिष्ठ नायब निरीक्षक माधव रिजालले जानकारी दिए ।


त्यस्तै उनीहरुको साथबाट तराजु समेत फेला परेको छ । सुनार र शाही कारोवारी रहेको खुलेको छ । उनीहरुले ब्राउनसुगर विष्ट र घोषीलाई विक्री गर्न ल्याएको भनेर बयान दिएपछि उनीहरु पनि प्रहरीको फन्दामा परेका हुन् ।

पक्राउ परेका चारै जनालाई जिल्ला प्रहरी कार्यालयको हिरासतमा राखेर थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

पारस्परिक जवाफदेहिताद्वारा सुशासन व्यवस्थापनमा परिवर्तन

२६ जेष्ठ २०७९, बिहीबार १५:३४
नेपालगञ्ज : पारस्पारिक जवाफदेहिता परियोजनाले नागरिक खबरदारी तथा सुशासन व्यवस्थापनमा उल्लेख्य परिवर्तन ल्याएको छ । परियोजनाले समुदाय तथा जिल्लास्तरका समस्याको पहिचान र समाधानका लागि वकालत र स्थानीय तहमा निति, कानून निमार्ण प्रक्रियामा गरिएको प्राविधिक सहयोगले विभिन्न सवाल समाधान गर्नमा सहयोग पुगेको सरोकारवालाले बताएका छन् । युएसएआइडी एफएचआइ३६० को सहयोगमा सूचना […]

सम्बन्धित