नेपालगञ्जमा कोरोना संक्रमित भेटिए

१९ बैशाख २०७७, शुक्रबार १५:३९
 

सदरलाइनडटकम,
नेपालगञ्ज  :  पाँच नंम्बर प्रदेशमा कोरोना भाइरसका दुई संक्रमित भेटिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार नेपालगञ्जका एक जना र एकजना रुपन्देहीका पुरुषमा कोरोना पुष्टी भएको हो । प्रदेसमा पहिलो पटक कोरोना भाईरसको संक्रमित पुष्टि भएको हो ।

उनीहरु मध्ये एकजनाको राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा गरिएको परीक्षणबाट कोरोना पुष्टि भएको र अर्काको नेपालगञ्जस्थित भेरी अस्पतालको प्रयोगशाला मै गरिएको पिसिआर परीक्षणमा कोरोना देखिएको हो ।

भेरी अस्पताल नेपालगञ्जमा गरिएको परीक्षणमा बाँकेका ६० वर्षीय पुरुषमा कोरोना संक्रमण देखिएको हो । उनलाई खजुरामा रहेको सुशील कोईराला क्यान्सर अस्पतालको कोरोना विषेश आईसोलेशन वार्डमा राखेर उपचार सुरु गरिएको बाँकेका प्रमुख जिल्ला अधिकारी कुमारबहादुर खड्काले जानकारी दिए ।


त्यसैगरी प्रदेश नं. ५ को रुपन्देहीका २५ वर्षीय पुरुषमा समेत कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसँख्या मन्त्रालयले जनाएको छ । रुपन्देहीका युवाको राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा स्वाव परिक्षण गरीएको हो । उनी बिदेशबाट आएको बताईएको छ ।

यो सँगै नेपालमा कोरोना संक्रमितको सँख्या ५९ पुगेको छ । संक्रमित ५९ मध्ये १६ जना उपचारपछि डिस्जार्ज भइसकेका छन् । बाँकी ४३ संक्रमितको विभिन्न अस्पतालमा उपचार भइरहेको छ । संक्रमित सबैको स्वास्थ्य अवस्था सामान्य रहेको मन्त्रालयले जनाइसकेको छ ।

नेपालगञ्जमा कोरोना भाइरस संक्रमित भेटिएपछि बाँके प्रशासनले यहाँका मस्जिदमा निगरानी बढाएको छ । प्रहरी श्रोतका अनुसार नेपालगञ्जमा रहेका मस्जिदमा शुक्रबार बिहानैदेखि उच्च निगरानी बढाइएको छ । बाँके प्रशासनले बाँकेका सबै धार्मिक स्थलहरुमा बस्ने धर्मगुरु तथा उनका सहयोगीको कोरोना परीक्षण सुरु गरेको छ ।

Next Post

कोरोना संक्रमितको घर तथा कार्यक्षेत्रमा सिल गरियो

१९ बैशाख २०७७, शुक्रबार १५:३९
सदरलाइनडटकम, नेपालगञ्ज  : बाँकेको नेपालगञ्जमा कोरोना संक्रमित भेटिएपछि नेपालगञ्जका तीन स्थानलाई सिल गरिएको छ । संक्रमण अन्यमा फैलिन नदिने उद्देश्यले ती स्थानहरुमा सिल गरिएको हो । नेपालगञ्ज उपमहानगरपालिका वडा नं ७ को डिएसपीरोड निवासी ६० वर्षीय पुरुषमा कोरोना संक्रमण पुष्टि भएपछि उनको घर, उनले काम गर्ने नेपालगन्ज वडान. ८ को […]