भूमि आयोग खारेजविरुद्ध सर्वोच्चमा रिट दायर

सदरलाइन संवाददाता २२ श्रावण २०७८, शुक्रबार १४:५३
 

काठमाण्डौ : भूमिसम्बन्धी समस्या समाधान आयोग खारेज गर्ने सरकारको निर्णय विरुद्ध सर्वोच्च अदालतमा रिट दायर भएको छ । अधिवक्ता प्रवेश केसीले भूमिसम्बन्धी समस्या समाधान आयोग खारेज गर्ने निर्णय विरुद्ध शुक्रबार सर्वोच्चमा रिट दर्ता गरेका हुन् ।

रिटमा प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, प्रधानमन्त्री शेरबहादुर देउवा र भूमि व्यवस्था, सहकारी तथा गरीबी निवारण मन्त्रालयलाई विपक्षी बनाइएको छ । सरकारको निर्णय संविधानको धारा ३७ ले आवासको हक प्रत्येक नागरिकलाई हुनेछ भनी गरेको व्यवस्थाको प्रतिकूल हुने रिटमा उल्लेख गरिएको छ ।


साउन १९ गतेको मन्त्रिपरिषद् बैठकले भूमिसम्बन्धी समस्या समाधान आयोग खारेज गर्ने निर्णय गरेको थियो । पूर्वप्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारले भूमिहीन दलित, सुकुम्बासी तथा अव्यवस्थित बसोबासीलाई जग्गा बाँड्न भन्दै देवीप्रसाद ज्ञवालीको अध्यक्षतामा २ वैशाख २०७७ मा आयोग गठन गरेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

लागुऔषधसहित बर्दियामा २ जना पक्राउ

२२ श्रावण २०७८, शुक्रबार १४:५३
बर्दिया : बर्दियामा लागुऔषध (ब्राउन सुगर) सहित २ जना पक्राउ परेका छन । जिल्ला प्रहरी कार्यालय बर्दियाका अनुसार गुलरिया नगरपालिका वडा नं. ६ निलो पेट्रोल पम्प नजिकैको सडकवाट गुलरिया ४ का २१ बर्षीय सन्तोष भट्टराई र वडा नं.७ का २२ बर्षीय अर्जुन सुनारलाई ९३० मिलिग्राम लागु औषध ब्राउन सुगरसहित पक्राउ […]