सदरलाइनडटकम,
नेपालगञ्ज : आइतवार १९ जना नयाँ संक्रमित थपिएसँगै देशभरीमा कोरोना संक्रमितको संख्या ६ सय ३ पुगेको छ । जसअनुसार मोरङका १ जना, बारामा १, पर्सामा ३, रौतहटमा १ जना थप संक्रमित भेटिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रलायले जनाएको छ ।
यस्तै सर्लाहीका १ जना, रुपन्देहीमा ६, काठमाण्डौमा १, नुवाकोटमा १ जना नयाँ संक्रमित भेटिएका छन् । यसैगरी कपिलवस्तुमा ३ र गुल्मीको मदानेमा १ जना पुरुषमा कोरोना संक्रमण पुष्टि भएको छ ।
हालसम्म ५ सय २४ पुरुष र ७९ जना महिलामा संक्रमण देखिएको मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले बताए ।


