सदरलाइनडटकम,
मोरङ : नेपालमा थप तीन जनामा कोरोना भाइरस सङ्क्रमण पुष्टि भएको छ । विराटनगरका दुई जना र धनकुटाका एक जनामा कोरोना सङ्क्रमण पुष्टि भएको प्रदेश १ को सामाजिक विकास मन्त्रालयले जनाएको छ ।
कोशी अस्पताल विराटनगरमा आइतवार गरिएको पीसीआर परीक्षणमा विराटनगरको मिल्स एरियाका दुई जना र धनकुटाका एक जनामा कोरोनाको संक्रमण पुष्टि भएको मन्त्रालयले जनाएको हो । योसँगै कोरोना संक्रमितको सङ्ख्या दुई सय ९४ भएको छ । ३६ जना उपचारपछि निको भएका छन् भने दुई जनाको ज्यान गएको छ । (उज्यालोअनलाइन)


