सदरलाइनडटकम,
काठमाण्डौ : पौष शुक्ल पूर्णिमा अर्थात् स्वस्थानी व्रत सोमवारदेखि शुरु भएको छ । सनातन धर्मावलम्बीहरूले सोमवार श्रीस्वस्थानी व्रत शुरु गरेका हुन् । नेपाली सनातन समाजमा पौष शुक्ल पूर्णिमादेखि माघ शुक्ल पूर्णिमासम्म स्वस्थानी व्रत बस्ने परम्परा छ ।
एक महिनासम्म मध्यान्हमा महादेव र श्रीस्वस्थानी परमेश्वरीको पूजा आराधना र महात्म्य वाचन वा श्रवण गर्ने परम्परा छ । व्रतको अन्तिम दिन अर्थात् माघ शुक्ल पूर्णिमाका दिन सम्पूर्ण पूजासामग्रीसहित अक्षता, बेलीपुष्प, सुपारी, जनै, पान, बत्ती, रोटी एवं मौसमअनुसारका फलफूलहरु एक सय आठको संख्यामा चढाई शिवलिङ्ग र ओमकारयुक्त अष्टदलमा श्रीस्वस्थानीको विशेष पूजा गरिन्छ । सोमवारदेखि काठमाण्डौको साँखुस्थित शालीनदीमा माधवनारायण मेला शुरु भएको छ ।
