‘कोभिड–१९ रिलिफ फन्ड बाँके’मा पानस फार्मसियुटिकलको १ लाख ६७ हजारबढी खाद्यान्न सहयोग

१५ बैशाख २०७७, सोमबार २२:२१
 

सदरलाइनडटकम,
नेपालगञ्ज  :  कोबिड–१९ नोबल कोरोना भाइरस सङक्रमणबाट जोगिन आव्हान गरिएको लकडाउनले ३५औं दिन पुरा हुँदा यसले प्रत्यक्षरुपमा दैनिक ज्याला मजदुरी गर्ने, भाडमा बस्ने, विद्याथीलार्ई प्रभावमा पारेको छ ।

यस्तै लक्षित बर्गलाई परेको समस्या समाधानको पहल गर्ने उद्देश्यले प्रदेश नम्बर ५ का सांसद कृष्ण केसी (नमुना) को अगुवाइमा गठित ‘कोभिड–१९ रिलिफ फन्ड बाँके’ मार्फत राहत पुराउन जोडिने सहयोगी मनहरु दैनिक थपिदै गएका छन् ।

पछिल्लो समयमा लकडाउन प्रभावितलाई उपलब्ध गराउने उदेश्यले पानस फार्मसियुटिकलले १ लाख ६७ हजार ४ सय ५० रुपैंया बराबरको खाद्य सामाग्री सो फण्डलाई प्रदान गरेको छ ।

फार्मसियुटिकलका संञ्चालक तथा प्रबन्ध निर्देशक डा. रमेशकुमार श्रेष्ठले सोनामन्सुली चामाल २५ क्विन्टल, अडहरको दाल २ सय १० किलो, सङगम तेल २० पेटी सो फण्डका संयोजक सांसद नमुनालाई हस्तारण गरेका हुन ।

सो अवसरमा फण्डका सदस्य नेपालगञ्ज उपमहानगरका उपप्रमुख उमा थापामगर, बिजया धिताल, सञ्जय थापा, सूर्यप्रकाश घर्तीमगर, सदस्य सचिव धनराम ओली र फार्मसियुटिकलका प्रशासक राजेश रावलको उपस्थिति रहेको थियो ।

विभिन्न क्षेत्रका मनकारी, सहयोगी दाताहरुको संयुक्त प्रयासबाट दैनिक ज्याला मजदुरी गरी खाने वर्गका विपन्न, गरिब नागरिकलाई ‘कोभिड–१९ रिलिफ फन्ड बाँके’ ले सहयोग उपलब्ध गराउदै आएको छ ।

कोबिड–१९ रिलिफ फण्ड बाँकेमा सहयोगी मन जोडिने क्रम जारी

Next Post

लकडाउन प्रभावितलाई समाजवादी पार्टी बाँकेद्वारा राहत वितरण तीब्रता

१५ बैशाख २०७७, सोमबार २२:२१
सदरलाइनडटकम, नेपालगञ्ज  : कोबिड–१९ नोबल कोरोना भाइरसको संक्रमणबाट जोगिन आव्हान गरिएको लकडाउनको प्रभावितलाई पूर्वमन्त्री मोहम्मद इस्तियाक राईको पहलमा समाजवादी पार्टी बाँकेले नेपालगञ्जमा राहत वितरणलाई तीब्रता दिएको छ । सो पार्टीले नेपालगञ्ज उपमहानगरपालिकाका विभिन्न वडामा ६० घरपरिवालाई राहत वितरण गरेको समाजवादी पार्टीका जिल्ला अध्यक्ष कमरुद्दिन राईले जानकारी दिए । नेपालगन्ज उपमहानगरपालिका […]