नेपालगन्जको बागेश्वरी मन्दिरमा यसरी छेडिन्छ जिब्रो (फोटो फीचर सहित)

१३ असार २०७३, सोमबार १४:१७
 

IMG_6037
रुद्र सुवेदी/सदरलाइनडटकम

नेपालगन्ज : नेपालगन्जको बागेश्वरी मन्दिरमा हिन्दू धर्मावलम्बीहरुले यक्ष र मोक्ष पाउने आशामा बडा दशै तथा चैतेदशैको अवसरमा जिब्रो छेडेर देवीको दर्शन गर्ने परम्परा वर्षौदेखि चलि आएको छ । बडा दशै होस या चैते दशै होस दुबै दशैको नवमीको दिन आफ्नो जिब्रो छेडेर देविलाई दर्शन गर्दा यक्ष र मोक्ष पाउने मान्यता र विश्वास रहेकोले जिब्रो छेड्ने गरिन्छ । यो वर्ष पनि सयौ हिन्दू धर्मावलम्बीले बागेश्वरी मन्दीरमा जिब्रो छेडेका छन् ।

IMG_6009
दशै सुरु हुने परेवाको दिनदेखि नै निराहर ब्रत बसेको पुरुषले आफ्नो भाकल पुरा गराउन वा पुरा भएपछि वाक्यकी देवी बागेश्वरीलाई जिब्रो छेडेर चढाउने चलन परापूर्वकालदेखि नै चलि आएको बागेश्वरी मन्दीरका मुल पुरोहित चन्द्रनाथ योगीले जानकारी दिए । उनले भने–‘सामाजिक भलो हुने तथा सकारात्मक कुराहरुमात्र पुरा हुने तर, अरुलाई हानी हुने खालका भाकल भने पुरा हुनै सक्दैनन । त्यसैले यहाँ जिब्रो छेडेर दर्शन गर्नेहरुको भिड रहन्छ ।’

IMG_6030
उनले नवरात्रको ब्रत बसेका ब्रतालुहरु नवमीको दिन मन्दिरमा आफ्नै जिब्रो तिखो धातुले (त्रिशुल) छेडेने परम्परा रहेको र हरेक वर्ष करिव १ सय ५० बढि धर्मावलम्बीहरुले जिब्रो छेड्ने गरेकोे बताए । उनले भने–‘ वडादशैंमा भन्दा पनि चैतेदशै अर्थात रामनवमीका दिन जिब्रो छेड्नेहरुको संख्या बढी हुन्छ ।’ हिन्दू धर्मावलम्बीहरुले नेपालगन्जको बागेश्वरी मन्दिरमा दशै र चैतै दशै दुबैमा बक्यकी देवि बागेश्वरीलाई जिब्रो छेडेर दर्शन गर्दा मोक्ष पाईने दावि छ ।

IMG_6004
हातमा त्रिशुल लिएर थरथरी काँपी रहेका बर्दिया बेलवाका ७४ वर्षिय तेजराम महावत (मंगता) ले जिब्रो छेडेर बागश्वरी मन्दीरको परिक्रमा गर्दै दर्शन गरे । उनले आफु सानै उमेरदेखि निरन्तर चैतेदशैको रामनवमीमा ब्रत बसेर जिब्रो छेड्दै आएको बताए । उनले भने–‘म सानै छँदा बुवा र काकासंग मन्दीरमा आएको थिए उहाँहरुले छेडेको देखेर मलाई पनि छेड्न मन लाग्यो त्यतिबेलादेखि अहिलेसम्म निरन्तर जिब्रो छेड्दै आएको छु ।’

IMG_6039
उनका साथमा रहेका बर्दियाका गेदवका ६० वर्षिय लक्षुराम  मगन्ता र बर्दिया भकारीका ७० वर्षिय शनिने महावत मगन्ताले  आफ्नो भाकल पुरा भएको भन्दै जिब्रो छेडेर मन्दीर परिक्रमा गर्दै बागेश्वरी देविको दर्शन गरेका छन् । उनीहरु सबैले आफ्नो जीवनकालको यो उमेरसम्म आईपुग्दा सयौपटक जिब्रो छेडेकोको बताए । तीनै जनाले एकै स्वरमा भने–‘देविले आर्शिबाद दिएमा एकै दिनमा ४०–५० पटकसम्म छेडेर देविको दर्शन गर्ने गरेका छौ ।’

IMG_6003
बाँके खजुराका ६५ वर्षिय विष्णु मगन्ताले ५० पटक, बर्दिया पद्नाहका ५२ वर्षिय भुलन पत्थरकट्टाले ३५ पटक र उनकै छोेरा दिलु पत्थरकट्टाले पहिलो पटक जिब्रो छेडेका छन् ।  रामनवमीमा निराहार ब्रत बसेर नवमिको दिन बागेश्वरी मन्दिरमा जिब्रो छेड्नाले घरमा दुःख विमार नलाग्ने, सम्पत्तिको रक्षाहुने, यश र मोक्ष पाईने धार्मिक विश्वास रहेका कारणले गर्दा जिब्रो छेड्ने चलन परापूर्वकालदेखि नै चल्दै आएको मान्यता छ ।
नेपालगन्जमा रहेको वागेश्वरी मन्दिरमा हरेक वर्ष जिब्रो छेडने परम्परा नै बनि सकेको छ । खासगरी अवधी र केहि थारु समूदायका व्यक्तिहरुले वडा दशै र रामनवमिमा नौ दिनसम्म निराहार ब्रत बसेर जिब्रो छेड्दा घरमा दुःख विमार नलाग्ने, सम्पत्तिको रक्षहुने यशमोक्ष पाईने धार्मिक कथन अनुसार सानैदेखि आफूले जिब्रो छेड्न थालेको बर्दिया मोतिपुरका ६५  वर्षिय जग्गु थारुले बताए ।


IMG_5994

उनले १६ वर्षको उमेरदेखि दशै र चैते दशैमा निराहर ब्रत बसे पनि गत चारवर्षदेखि जिब्रो छेडेर बागेश्वरीको दर्शन गर्न थालेको बताए । मोतिपुरकै ६० बर्षिय रोदाही थारु, ५० वर्षिय लखिराम चौधरी, ३८ वर्षिया फिरु चौधरीले आफ्नो घरमा दुख विमार नलागोस भन्दै पहिलो पटक निराहार ब्रत बसेर जिब्रो छेडेका छन् ।

IMG_5870
जिब्रो छेड्नेहरु हरेक वर्ष आफनो घर परिवारको सुःख, शान्ति, स्वस्थ्यको साथै धन आर्जन गर्नको लागि विशेष भाकल गर्ने र सो भाकल पुरा गर्न दशै सुरु हुने दिनदेखि निराहर ब्रत बसेर नवमिको दिन पाँँच पटकसम्म जिब्रो छेड्ने गर्छन् । अचम्म यो छ उनीहरुले जिब्रो छेड्दा रगत देखिदैन । उनीहरुले छेड्न एउटै धतुको सियो प्रयोग गर्ने र छेडिसकेपछि पानको पात चबाउने गर्छन यसले ईन्फेक्सन नहुने विश्वास छ धार्मिक परम्परा अनुसार बगेश्वरी मंदिरमा पुजापाठ गर्नेहरुको भिडभाड निकै बढेको छ ।

 


IMG_5889 IMG_5890 IMG_5954 IMG_5957     

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

राप्ती किनारका बसिन्दा भन्छन : आकाशमा कालोबादल देख्दा सातो जान्छ

१३ असार २०७३, सोमबार १४:१७
रुद्र सुवेदी/सदरलाइनडटकम १४ असार, नेपालगन्ज : ‘असारको महिना छ, आकाशमा कालो बादल देख्यो कि होस हवास उठ्छ । कतिबेला डुबानमा परिने हो भन्ने त्रासले बस्नुपरेको छ’–बाँके होलिया– ५ खडैचाका ५५ वर्षिय समयद्विन कुर्मीले दुखेसो पोखे । यो अवस्था उनको मात्र होईन उनीजस्ता राप्ती नदिको किनारमा बसोबास गर्दै आएका सबैको आकाशमा […]