भरुवा बन्दुकसहित बाँकेमा एकजना पक्राउ

सदरलाइन संवाददाता १२ कार्तिक २०८०, आईतवार १३:१२
 

नेपालगञ्ज : गैरकानुनी भरुवा बन्दुक देखाएर घरपरिवार र छिमेकीलाई डरत्रास देखाउने एकजनालाई बाँके प्रहरीले पक्राउ गरेको छ । बाँके डुडुवा–६ सिखनपुर्वाका २५ वर्षीय राहुलसिंह सरदारलाई प्रहरीले भरुवा बन्दुक सहित पक्राउ गरेको हो ।

सरदारले मादक पदार्थ सेवन गरि आफ्नै घरमा भरुवा बन्दुक देखाई घरपरिवार तथा छरछिमेकीलाई डरत्रास तथा धम्की दिई रहेको भन्ने सूचनाका आधारमा घटनास्थल पुगेको प्रहरी टोलीले सरदारलाई पक्राउ गरेको बाँके प्रहरी प्रवक्ता डीएसपी नारायण डाँगीले बताए ।


पक्राउ परेका सरदारबाट एकथान भरुवा बन्दुक बरामद गरि आवश्यक अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

नेपालगञ्जमा शिशु फोटो प्रतियोगिता हुने

१२ कार्तिक २०८०, आईतवार १३:१२
नेपलगञ्ज : तिहारको अवसर पारेर नेपालगञ्जमा ‘परम्परागत नेपाली पोशाक शिशु फोटो प्रतियोगिता’ सञ्चालन हुने भएको छ । नेपालगञ्जमा जैविक कपडा (कोक्रोमा)को उत्पादनहरु विक्रीवितरण गर्दै आएको नाना चाचाले तिहारको अवसर पारेर नेपाली संस्कृति र परम्परा जोगाउने उद्देश्यले ‘परम्परागत नेपाली पोशाक शिशु फोटो प्रतियोगिता’ सञ्चालन गर्न लागेको सञ्चालक नीता जिसीले बताइन् । […]