लकडाउन प्रभावितलाई समाजवादी पार्टी बाँकेद्वारा राहत वितरण तीब्रता

१५ बैशाख २०७७, सोमबार २३:२७
 

सदरलाइनडटकम,
नेपालगञ्ज  : कोबिड–१९ नोबल कोरोना भाइरसको संक्रमणबाट जोगिन आव्हान गरिएको लकडाउनको प्रभावितलाई पूर्वमन्त्री मोहम्मद इस्तियाक राईको पहलमा समाजवादी पार्टी बाँकेले नेपालगञ्जमा राहत वितरणलाई तीब्रता दिएको छ ।

सो पार्टीले नेपालगञ्ज उपमहानगरपालिकाका विभिन्न वडामा ६० घरपरिवालाई राहत वितरण गरेको समाजवादी पार्टीका जिल्ला अध्यक्ष कमरुद्दिन राईले जानकारी दिए ।

नेपालगन्ज उपमहानगरपालिका ४ मा मात्रै १७ जनालाई राहत प्रदान गरिएको छ । वडा नम्बर ४ का युवा समाजसेवी वसिम अन्सारी मक्खनको विषेश पहलमा समाजवादी पार्टीले १७ जनालाई राहत वितरण गरेको हो ।


वडा नम्वर ४ का स्थानीयले राहत नपाएर भोकभोकै बस्नु परेको दुखेसो गरेपछि पूर्वमन्त्री राईले खाद्यान्न लगायतको राहत उपलब्ध गराएका हुन ।

त्यस्तै अन्य वडामा ४३ घरपरिवारलाई राहत वितरण गरिएको अध्यक्ष राईले जानकारी दिए । उनले लकडाउनका कारण कुनै पनि मानिसहरु भोकभोकै बस्न नपरोस् भन्ने उद्देश्यले पूर्वमन्त्री राईको पहलमा राहत दिने काम भइरहेको बताए ।

यो एक महिनाको अवधिमा सांसद राईले आफ्नो निर्वाचन क्षेत्रका सात हजार बढीलाई राहत दिइसकेको बताइएको छ । बाँके क्षेत्र नम्बर २ बाट निर्वाचित राईले लकडाउन शुरु भएयता हालसम्म आफूले व्यक्तिगत रुपमा सात हजार बढी परिवारलाई उनिहरुको घरमै राहत पुरयाएको बताए ।

Next Post

लकडाउन प्रभावितलाई नेकपा नेपालगञ्जको राहत अभियान

१५ बैशाख २०७७, सोमबार २३:२७
सदरलाइनडटकम, नेपालगञ्ज : कोरोना भाइरसको सङक्रमणको जोखिमबाट जोगिन आव्हान गरिएको लकडाउनका कारण भोको पेट बस्नु पर्ने अवस्थामा पुगेका मजदुर, विद्यार्थी, डेरावाललाई सहयोग गर्न नेपालगंञ्जमा नेकपा नेपालगञ्ज उपमहानगर समितिले छुट्टै अभियान शुरु गर्ने भएको छ ।   नेपाल कम्युनिष्ट पार्टी (नेकपा) नेपालगञ्ज उपमहानगरपालिका कमिटीले विपद ब्यवस्थापन कोष खडा गरी राष्ट्रिय बाणिज्य […]