सदरलाइनडटकम,
नरैनापुर (बाँके) : नरैनापुर गाउँपालिकाका अध्यक्ष इस्तियाक अहमद शाहले पालिकाभित्र रहेका सशस्त्र प्रहरीका तीन वटा बोर्डर आउट पोष्ट (विओपी) मा टर्च लाइट र छाता सहयोग गरेका छन् ।
वडा नम्बर १ कट्कुइँया, वडा नम्बर ४ नरैनापुर र वडा नम्बर ६ गंगापुरमा रहेका विओपीहरुमा व्यक्तिगत खर्चमा १५ वटा टर्च र ९ वटा छाता प्रदान गरेको अध्यक्ष शाहले बताए । शाहका अनुसार कट्कुइँया विओपीमा ५ वटा टर्च र ५ वटा छाता, नरैनापुर विओपीमा ५ वटा टर्च र २ वटा छाता तथा गंगापुर विओपीमा ५ वटा टर्च र २ वटा छाता दिइएको छ ।
त्यस्तै कट्कुइँयामा पानीका लागि १० वटा ग्यालिन, नरैनापुरमा ३ र गंगापुरमा ४ वटा प्रदान गरिएको छ । जनपथ प्रहरीलाई पनि ५ वटा टर्च दिइएको अध्यक्ष शाहले बताए ।
