स्वर्गीय गुप्तको जन्मजयन्ती मनाइने

सदरलाइन संवाददाता २५ भाद्र २०७८, शुक्रबार १६:५३
 

नेपालगञ्ज : प्रेस स्वतन्त्रता सेनानी स्व. पन्नालाल गुप्त (चाचाजी)को भदौं २७ गते जन्मजयन्ती मनाइने भएको छ । प्रेस स्वतन्त्रता सेनानी स्व. पन्नालाल गुप्त प्रतिष्ठानद्धारा गुप्तको ९३ औं जन्मजयन्ती मनाउन लागिएको हो ।

प्रेस स्वतन्त्रता सेनानी स्व. पन्नालाल गुप्त प्रतिष्ठानको शुक्रबार बसेको वैठकले जन्मजयन्तीमा श्रदाञ्जली सभासहितको कार्यक्रम गर्ने निर्णय गरेको हो । नेपाल पत्रकार महासंघ बाँकेका पुर्व अध्यक्ष एवं वरिष्ठ पत्रकार गुप्तको ०७६ माघ १५ गते निधन भएको थियो ।

आइतबार दिउँसो डीएसपी रोडस्थित म्याजेष्टिक पार्टी प्यालेसमा गरिने कार्यक्रममा स्व.गुप्तको योगदान र व्यक्तित्व चर्चासहित श्रदाञ्जली अर्पण गरिने छ ।


यस्तै जन्मजयन्तीकै पुर्व सन्धयामा प्रतिष्ठानका तर्फबाट शनिवार निलसागर आश्रममा खाना पनि खुवाइँदैछ । जन्मजयन्ती र समृती दिवस मनाउँदै आएको प्रतिष्ठानले स्व. गुप्तको सम्मानमा रानी तलाउ नजीक चौक नामाकरणसहित शालीक स्थापनाको समेत माग गर्दै आएको छ ।

यसअघि अवधी पत्रकार संघ, नेपाल पे्रस यूनियनलगायत पत्रकारका संघ संगठनले पनि पन्नालाल चौक स्थापनाको माग गर्दै आएका छन् । यस अघि उनलाई नेपालगञ्जमा नागरिक अभिन्दनसमेत गरिएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

चोइटिएर गएकाहरु केही समयपछि एमालेमै फर्कन्छन : प्रदेश अध्यक्ष गिरी  

२५ भाद्र २०७८, शुक्रबार १६:५३
नेपालगञ्ज : प्रमुख प्रतिपक्षी नेकपा (एमाले) लुम्बिनी प्रदेश अध्यक्ष तथा प्रदेशसभा सदस्य लिला गिरीले सत्ता र स्वार्थका लागि चोइटिएर गएकाहरु केही समयपछि एमालेमै फर्किने दाबी गरेका छन् । उनले शुक्रबार नेपालगञ्जमा एमाले बाँकेका पदाधिकारी र उपलब्ध जिल्ला कमिटीका सदस्यहरुलाई निर्देशनात्मक सम्बोधन गर्दै सो कुरा बताएका हुन् । उनले भने, ‘पार्टी एकीकरणपछि […]

सम्बन्धित