गाउमै सिंहदरबारको अनुभूती गराउदै बाँकेको जानकी गाउपालिका

७ जेष्ठ २०७६, मंगलवार १७:३८
 

सदरलाइनडटकम,
जानकी (बाँके)  : सेवाग्राहीले आफ्नो काम पर्दा जनप्रतिनिधि नभेटिने, जनताका काममा भन्दा आफ्नै व्यवसायमा बढी केन्द्रित हुने, सरकारी सम्पत्ति दुरुपयोग गर्नेलगायतका आरोप लागिरहेको अवस्थामा बाँकेको जानकी गाउँपालिकाका बासिन्दाले भने घरैमा सरकारी सेवा सुविधा पाएपछि साँच्चिकै सिंहदरबार गाउँमै आएको अनुभूति गरेका छन् ।
गाउँपालिकाले विभिन्न स्थानमा घुम्ती शिविर आयोजना गरेर जनतालाई घरैमा सेवा लिने वातावरण मिलाएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत महेन्द्रजङ्ग शाहीले बताए ।
उनले गाउँपालिकाकाले जनाताको सुविधाका लागि घरघरमा पुगेर सरकारी सेवा दिएको बताउदै जेष्ठ नागरिक परिचयपत्र, आपाङ्गता परिचयपत्र, वडाका योजनाको सम्झौता, योजनाका लागि आवश्यक पर्ने बैंकखाता खोल्ने सुविधा घरघरमा उपलब्ध गराएको स्पष्ट पारे ।
मङ्गलवार मात्रै गाउँपालिका अन्तर्गत महिला, बालबालिका तथा जेष्ठ नागरिक शाखाको आयोजनामा अपाङ्गता परिचयपत्रको लागि वडा नं. १ साईगाउँमा गाउँपालिकाका अध्यक्ष, उपाध्यक्ष सहित जनप्रतिनिधि र कर्मचारी खटिएका छन् । वडा नं. १ बाट शुरु गरिएको घुम्ती शिविर गाउँपालिकाका छ वटै वडामा सञ्चालन गरिने भएको छ ।
गाउँपालिकाबाट प्रदान गरिने सेवासुविधाको जानकारी दिन र जनताको काम गरिदिन गाउँपालिकाका कर्मचारी र जनप्रतिनिधि प्रत्येक वडामा पुग्ने गरेको गाउँपालिकाका अध्यक्ष रामनिवास यादवले जानकारी दिए ।
गाउँपालिकाले ८४ वर्ष उमेर पुगेका जेष्ठ नागरिकलाई घरमै पुगेर स्वास्थ्य सेवा दिने कार्यक्रम समेत कार्यान्वयन गरेको छ ।
जानकी गाउँपालिकाको छ वटै वडामा ८४ वर्ष उमेर पूरा गरेका करिव २ सय जेष्ठ नागरिकको स्वास्थ्यप्रति सचेत बन्न महिनामा कम्तिमा पनि दुई पटकसम्म घरमै पुगेर स्वास्थ्य सेवा दिने गरिएको अध्यक्ष यादवले बताए ।
मधेशी र मुस्लिम समुदायको बाहुल्यता रहेको जानकी गाउँपालिकामा सरकारी सेवा सुविधा सकेसम्म सरल र सहजतरिकाले जनतामाझ पु¥याउन घुम्तीशिविर सञ्चालन गर्ने गरिएको जानकी गाउँपालिकाकी उपाध्यक्ष भूमिसरा धितालको भनाई छ ।

Next Post

तीन महिने सिलाईकटाई तालिम सम्पन्न

७ जेष्ठ २०७६, मंगलवार १७:३८
सदरलाइनडटकम, नेपालगञ्ज : नेपालगञ्ज उपमहानगरपालिका वडा नं. १४ द्वारा सञ्चालित तीन महिने सिलाईकटाई तालिम समापन भएको छ । दलित औद्योगिक विकास कार्यक्रम नेपालसँगको सहकार्यमा वडाले सञ्चालन गरेको महीने तालिममा सहभागीलाई प्रमाण पत्रसँगै १४ वटा सिलाई मेशिनसमेत प्रदान गरेको छ । विभिन्न टोलका दलित तथा पछाडी पारिएका महिलालाई केन्द्रित गरि वडाको […]

ताजा अपडेट