नगरपालिकाले डोजर चलाउँदा व्यवसायीले गरे प्रतिकार

सदरलाइन संवाददाता ३० फाल्गुन २०८०, बुधबार १५:२३
 

सुर्खेत : वीरेन्द्रनगरको हटिया लाइन क्षेत्रमा नगरपालिकाले डोजर चलाउँदा स्थानीयबासिन्दाले ढुंगामुढा गरेका छन् । वीरेन्द्रनगर नगरपालिकाले ३५ दिने सार्वजनिक सूचना जारी गर्दै संरचना हटाउन निर्देशन दिएको थियो ।

व्यवसायीहरूले निर्देशन अटेर गरेपछि नगरपालिकाले वीरेन्द्रनगर–६, को हङकङ बजार, हटियालाइन र गोदामलाइन क्षेत्रमा डोजर चलाउन थालेको हो ।

नगरपालिकाको डोजर आएपछि केही व्यापारीले सामान उठाउन थालेका छन् भने केही व्यापारीहरु प्रतिकारमा उत्रिएका छन् । सुरुमा शान्त रहेका व्यापारीहरु डोजरले संरचना भत्काउन थालेपछि एक्कासी ढुङ्गा मुढामा उत्रिएका थिए ।


ढुङ्गामुढापछि एकछिन भागदौड नै मच्चिएको थियो भने झडपको स्थिति नै आएको थियो । स्थानीयबासिन्दाको आक्रमणबाट डोजरको सिसा फुटेको छ भने सो क्रममा एक कर्मचारी समेत घाइते भएका छन् ।

त्यसपछि नगरपालिकाको डोजर पछि हटेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

सुर्तीजन्य पदार्थविरुद्ध प्रशासनलाई ज्ञापन पत्र

३० फाल्गुन २०८०, बुधबार १५:२३
नेपालगञ्ज : बाँकेमा सुर्तीजन्य पदार्थको बिक्री र सेवन जताततै खुला रूपमा भइरहेको जनाउँदै सो विरुद्ध विशेष अभियान सञ्चालन गर्न माग गर्दै प्रमुख जिल्ला अधिकारीलाई ज्ञापनपत्र बुझाइएको छ । सुशासनको क्षेत्रमा काम गर्दै आएको संस्था बागेश्वरी असल शासन क्लब बासले बाँकेका प्रमुख जिल्ला अधिकारी श्रवण कुमार पोख्रेललाई सुर्तीजन्य पदार्थ विरुद्ध विशेष […]