सदरलाइनडटकम,
कञ्चनपुर : कञ्चनपुरमा एक जनाले आफ्नै बुवाको हत्या गरेका छन् । कृष्णपुर नगरपालिका ४ का २४ वर्षीय संगी रानाले ५५ वर्षीय बुबा तौला रानाको आइतवार हत्या गरेका हुन् ।
घरायसी विवादमा रानाले बुवालाई दिउँसो १२ बजे हँसिया प्रहार गरी हत्या गरेको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी नायव उपरीक्षक रविन्द्रनाथ पौडेलले बताए ।
हत्यामा संलग्न संगी रानालाई पक्राउ गरी आवश्यक अनुसन्धानको कार्य अगाडि बढाएको उनले बताए । पक्राउ गरिएका राना इलाका प्रहरी कार्यालय गुलरियाको हिरासतमा राखिएको छ ।
