बाँकेका १३९ जना क्वारेन्टाईनबाट घर फर्किए

३० चैत्र २०७६, आईतवार १८:२५
 

सदरलाइनडटकम,
नेपालगञ्ज : कोरोना संक्रमणको आशंकामा क्वारेन्टाईनमा बस्दै आएका १ सय ३९ जना घर फर्किएका छन् । बाँकेका विभिन्न क्वारेन्टाईनमा बस्दै आएका ब्यक्तिहरु १४ दिनको क्वारेन्टाईन बसाई पुरा गरी घर फर्किएका हुन् ।
१४ दिने क्वारेन्टाईन बसाईबाट देखिएको परिणामका आधारमा उनिहरुलाई घर फकाईएको जिल्ला स्वास्थ्य कार्यालय बाँकेका फोकल पर्सन नरेश श्रेष्ठले जानकारी दिए । क्वारेन्टाईनमा १४ दिन पूरा गरेका ब्यक्तिहरुलाई र्यापिड डाइग्नोस्टिक किटमार्फत कोरोना परीक्षण गरिँदै आएको छ । र्यापिड टेस्टबाट नेगेटिभ रिपोर्ट देखिएका ब्यक्तिहरुलाई घर फर्काउन शुरु गरिएको श्रेष्ठले बताए ।
बाँकेका ८ वटै स्थानीय तहले आफ्नो क्षेत्रमा क्वारेन्टाईन स्थापना गरेका छन् । जिल्लाभर स्थापना गरिएका १७ वटा क्वारेन्टाईनमा ४६ महिला र ४४२ पुरुष गरी ४ सय ८८ ब्यक्तिलाई राखिएको थियो । जसमध्ये अधिकाशंको स्वास्थ्य अवस्था सामान्य रहेको छ ।

Next Post

७ जनाको ‘थ्रोट स्वाव’ परीक्षणका लागि पठाईयो

३० चैत्र २०७६, आईतवार १८:२५
सदरलाइनडटकम, नेपालगञ्ज : बाँकेका बिभिन्न क्वारेन्टाइनमा राखिएका ७ जनाको ‘थ्रोट स्वाव’ संकलन गरी परीक्षणका लागि भैरहवा पठाईएको छ । यसअघि बाँकेबाट परीक्षणका लागि पठाईएका सबै ‘थ्रोट स्वाव’ को रिपोर्ट नेगेटिभ देखिएको थियो । आईतवार थप ७ जनाको नमुना संकलन गरी परीक्षणका लावि स्वाव पठाईएको जिल्ला स्वास्थ्य कार्यालय बाँकेका अधिकृत नरेश […]

सम्बन्धित