लुम्बिनीको प्रदेश सभामा १० दलको उपस्थिति हुने

सदरलाइन संवाददाता २० मंसिर २०७९, मंगलवार १४:३२
 

नेपालगञ्ज : लुम्बिनीको प्रदेश सभामा १० दलको उपस्थिति हुने भएको छ । २०७४ को पहिलो प्रदेश सभा निर्वाचनबाट प्रदेश सभामा नेकपा एमाले, नेपाली कांग्रेस, माओवादी केन्द्र, संघीय समाजवादी फोरम, राष्ट्रिय जनता पार्टी र राष्ट्रिय जनमोर्चा गरी ६ दल तथा हृदयेश त्रिपाठी नेतृत्वको स्वतन्त्र राजनीतिक समूहको उपस्थिति थियो ।

यसपटक प्रत्यक्षतर्फ नेकपा एमाले, नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, जनता समाजवादी पार्टी, लोकतान्त्रिक समाजवादी पार्टी, नागरिक उन्मुक्ति पार्टी, राप्रपा र जनमत पार्टी गरी ८ दलले चुनाव जितेका छन् । प्रत्यक्षमा नजिते पनि समानुपातिकतर्फ नेकपा एकीकृत समाजवादी र राष्ट्रिय जनमोर्चाले समेत कुल सदर मतको १.५ प्रतिशतको थ्रेसहोल्ड कटाएर एक एक सिट पाउने भएका छन् ।


नेकपा माओवादीबाट बागी उम्मेदवारी दिएर जितेका तीन जना सांसद स्वतन्त्र हैसियतमा छन् । लुम्बिनी प्रदेशमा ३२ दलले चुनावमा भाग लिएका थिए । ३२ दलले प्राप्त गरेको १८ लाख ८७ हजार ७८ मत सदर भएकोमा १० वटा दलले १.५ प्रतिशत थ्रेसहोल्ड अर्थात २८ हजार ३०६ मत कटाएका छन् ।

लुम्बिनी प्रदेशसभामा समानुपातिक पद्धतिबाट ३५ सांसद चयन हुनेछन् । सबैभन्दा धेरै ५ लाख ७० हजार ९२१ मत पाएको नेकपा एमालेले ११ देखि १२ सिट पाउने अनुमान छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

नेपालगञ्ज उपमहानगरपालिका बन्द

२० मंसिर २०७९, मंगलवार १४:३२
नेपालगञ्ज : जनप्रतिनिधिको निधन भएको शोकमा मंगलवार नेपालगञ्ज उपमहानगरपालिका कार्यालय बन्द गरिएको छ । नेपालगन्ज उपमहानगरपालिका वडा नम्बर ६ का वडा सदस्य मदनबहादुर क्षेत्रीको सोमबार निधन भएको थियो । क्षेत्रीको निधन भएको शोक स्वरुप उपमहानगरपालिका कार्यालय र २३ वटै वडा कार्यालय एक दिनका लागि बन्द गरिएको नगर प्रमुख (मेयर) प्रशान्त […]