बर्तमान सरकार पूर्णरुपमा असफल भइसक्यो : महासचिव पोखरेल

सदरलाइन संवाददाता १९ भाद्र २०७९, आईतवार १४:५१
 

कैलाली : नेकपा एमालेका महासचिव शंकर पोखरेलले पाँच दलीय गठबन्धन सरकार पूर्णरुपमा असफल भएको बताएका छन् । प्रेस चौतारी कैलालीले आइतबार अत्तरियामा गरेको पत्रकार सम्मेलनमा बोल्दै महासचिव पोखरेलले सो कुरा बताएका हुन् ।

पाँच दलीय गठबन्धन नेपालीको हितमा नरहेको जिकिर गर्दै उनले जनहितमा कति कति उपयोगी छ भन्ने उसको कामबाट देखाइसकेको उनको भनाइ छ । वर्तमान सरकारकै आलोचनामै समय खर्चेका उनले आफूहरुको सरकार हुँदा नाफा भएको तर वर्तमान सरकारले एकवर्ष बिताइरहँदा पौने तीन खर्ब घाटामा गइसकेको टिप्पणी गरे। यही सरकार रहिरहने हो भने श्रीलंकाको अवस्थामा जाने निश्चित रहेको उनले ठोकुवा समेत गरे ।


उनले भने, ‘नेपाली मुद्रा कमजोर बन्दै गएको छ । सरकार असफल भएको छ । सरकारको आफ्नो खर्च गर्ने क्षमताले बजार गुलजार हुन्छ । तर सरकारले आफ्नो खर्च गर्ने सामर्थ्य गुमाइसकेको छ । जुनकारण यो जनताको सरकार नै होइन ।’

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

परीक्षामा नाम र फोन नम्बर लेखेको भन्दै २१ परीक्षार्थीलाई कारबाही

१९ भाद्र २०७९, आईतवार १४:५१
नेपालगञ्ज : प्रदेश लोकसेवा आयोगको कार्यालय सुर्खेतले गत जेठ २१ गते लिएको परीक्षामा आफ्नो नाम र फोन नम्बर लेख्ने सुदूरपश्चिमका सात सहित २१ जना परिक्षार्थी कारबाहीमा परेका छन् । आयोगद्वारा जारी विज्ञप्तिमा प्रदेश लोकसेवा आयोगको लिखित परीक्षा नतिजा शाखाले विज्ञापन नम्बर ५०३९५०६÷०७८९७९ इन्जिनियरिङ सेवा, सिभिल समूह, एकीकृत उपसमूह सहायकस्तर पाँचौँ […]