मोटरसाइकल दुर्घटना हुँदा कञ्चनपुरमा दुईको मृत्यु

सदरलाइन संवाददाता २ माघ २०७७, शुक्रबार ०९:०९
 

कञ्चनपुर : कञ्चनपुरको कृष्णपुरमा बिहीवार राती मोटरसाइकल दुर्घटना हुँदा दुईजनाको मृत्यु भएको छ भने दुई जना घाइते भएका छन् ।

पूर्व–पश्चिम राजमार्गअन्र्तगत कृष्णपुर नगरपालिका–५ आम्खैयामा दुई वटा मोटरसाइकल ठोक्किदा दुवै मोटरसाइकलका चालकको मृत्यु भएको प्रहरीले जनाएको छ ।

से ६ प ३१६७ नम्बरको मोटरसाइकलको चालक धनगढी गोदावरी राइसमिल नजिक बस्ने २५ वर्षीय आशिष जोशी र सुदुरपश्चिम प्रदेश ०१.००.७१५७ नम्बरको मोटरसाइकलको चालक कृष्णपुर नगरपालिका–२ वाणीका ३५ वर्षीय जनक बोहराको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका निमित्त प्रमुख प्रहरी नायब उपरीक्षक अमरबहादुर थापाले जानकारी दिए ।

दुर्घटनामा परेर गम्भीर घाइते भएका जोशीको धनगढीस्थित निशंर्ग अस्पताल र बोहराको सेती प्रादेशिक अस्पतालमा मृत्यु भएको हो । दुर्घटनामा मोटरसाइकलमा सवार कैलालीको लम्कीचुहा नगरपालिकाका २३ वर्षीय निश्चल राठोर र अभिषेक चुनारा घाइते भएका छन् । उनिहरुको धनगढीमा उपचार भइरहेको छ ।

Next Post

कोरोना संक्रमणबाट बाँकेकी थप एक महिलाको मृत्यु

२ माघ २०७७, शुक्रबार ०९:०९
नेपालगञ्ज : बाँकेमा थप एक कोरोना संक्रमितको मृत्यु भएको छ । नेपालगञ्ज उपमहानगरपालिका वडा नं. १ की ८० वर्षीया महिलाको भेरी अस्पताल नेपालगञ्जमा उपचारका क्रममा बिहीवार राती साढे ११ बजे मृत्यु भएको हो । स्वास्थ्य समस्या भएपछि पुष २६ गते मेडिकल कलेज नेपालगञ्जमा भर्ना भएकी उनको भोली पल्ट कोरोना रिपोर्ट […]