निःशुल्क भण्डारा सञ्चालन गर्ने नेपालगञ्जको तयारी

२९ चैत्र २०७६, शनिबार १४:२९
 

सदरलाइनडटकम,
नेपालगञ्ज : नेपालगञ्ज उपमहानगरपालिकाले बाहिरबाट आएर नगर क्षेत्रमा बसोबास गरिरहेका विपन्न समुदायलाई लक्षित गरि निःशुल्क भण्डारा सञ्चालन गर्ने भएको छ । कार्यपालिकाको बैठकले लकडाउनका कारण समस्यामा परेका भाडामा बसोबास गरिरहेका ज्यालादार मजदुर, विद्यार्थीलगायत अन्य विपन्न परिवारलाई दैनिकरुपमा साँझ विहान निःशुल्क खाना खुवाउनका लागि नगरका ५ स्थानमा भण्डारा सञ्चालन गर्ने निर्णय गरेको हो ।
उपमहानगरका प्रबक्ता प्रमोद रिजालका अनुसार हडियाबाबा मन्दिर परिसर, बागेश्वरी मन्दिरको पार्क, रामलिला मैदान, आदर्श मावि राँझा र शिक्षण अस्पताल पछाडीको आँप बगियामा निःशुल्क भण्डारा सञ्चालन गरिने छ ।
भण्डारा सञ्चालन कार्यको अनूगमन तथा सहजिकरणका लागि मेयर डा. धवलशम्शेर राणाको संयोजकत्वमा उपमेयर उमा थापा मगर, वडा नम्बर २ का अध्यक्ष सुनीलसिंह हमाल, वडा नम्बर ३ का अध्यक्ष मो. अयुव सिद्धिकी, ७ का अध्यक्ष जुम्मन खाँ, ९ का अध्यक्ष विष्णु लामा, १२ का अध्यक्ष वुद्धीसागर सुवेदी, वडा नम्बर १४ का अध्यक्ष ओमकारनाथ मिश्रा, कार्यपालिका सदस्य मञ्जु नेपाली र सिमा कशौधन सदस्य रहेको समिति गठन गरिएको छ ।
मेयर राणाले लकडाउनका कारण समस्यामा परेका विपन्न समुदायका ब्यक्ति र विद्यार्थीका लागि सञ्चालन गर्न लागिएको भण्डारामा सरसफाईसँगै भिडभाड हुन नदिन सुरक्षा निकायसँग समन्वय गरिएको जानकारी दिए । आईतवार आन्तरिक ब्यवस्थापन गरेर सोमवारदेखि भण्डारा सञ्चालन गर्ने उपमहानगरको तयारी छ ।
यस्तै मेयर राणाको अध्यक्षतामा बसेको बैठकले कोरोना भाईरस (कोभिड–१९) को संक्रमणबाट उपमहानगरपालिकाका जनप्रतिनिधी र राष्ट्रसेवक कर्मचारीहरुको मृत्यु भएमा राहत स्वरुप १५ लाख रुपैयाँ परिवारलाई उपलब्ध गराउने निर्णय गरेको छ ।

Next Post

कोरोना संक्रमित ९३ वर्षीया वृद्धा उपचारपछि सन्चो

२९ चैत्र २०७६, शनिबार १४:२९
सदरलाइनडटकम, काठमाण्डौ : टर्कीमा एक ९३ वर्षीया वृद्धाले कोरोना भाइरस (कोभिड १९) को सङ्क्रमणबाट स्वास्थ्य लाभ गरेकी छिन् । विश्वभर कोरोनाको कारण ज्यान गुमाउनेको सङ्ख्या बढिरहेको बेला यो राहतको खबर आएको हो । टर्कीकी ९३ वर्षीया महिलाको कोरोनालाई हराएकी हुन् । इस्तानबुलको एक अस्पतालमा १० दिनसम्म उपचार गरेपछि उनलाई अस्पतालले […]