नेपालगञ्ज नाकाबाट पेट्रोलियम पदार्थको आयात घट्यो

सदरलाइन संवाददाता ४ असार २०८०, सोमबार १३:२१
 

नेपालगञ्ज : नेपालगञ्ज नाकाबाट पेट्रोलियम पदार्थको आयात घटेको छ । पछिल्लो १० महिनाको तथ्याङ्क अनुसार नेपालगञ्ज नाका हुँदै भारतबाट १२ अर्ब ९६ करोड १० लाख बराबरको एक लाख आठ हजार ३२८ किलोलिटर डिजल आयात भएको छ ।

नेपालगञ्ज भन्सार कार्यालयको तथ्याङ्क अनुसार गत वर्षको भन्दा चालु आर्थिक वर्षको वैशाखसम्म नेपालगन्ज नाका हुँदै आयात हुने वस्तुको सूचीमा सबैभन्दामाथि रहँदै आएको पेट्रोलियम पदार्थको आयात घटेको पाइएको छ ।

डिजल आयातबाट नेपालगञ्ज भन्सार कार्यालयलाई चार अर्ब ६२ करोड २९ लाख राजस्व प्राप्त भएको छ । गत वर्ष सो अवधिमा १३ अर्ब ११ करोड तीन लाख बराबरको एक लाख ४१ हजार ५२८ किलोलिटर डिजल आयात भएको थियो ।


यसबाट कार्यालयले पाँच अर्ब ५४ करोड २७ लाख राजस्व असुल गरेको थियो । नेपालगञ्ज भन्सार कार्यालयका भन्सार अधिकृत डिल्लुप्रसाद शर्माका अनुसार वैशाखसम्म तीन अर्ब ८६ करोड ९७ लाख ८४ हजार मूल्यको ३८ हजार ८७६ किलोलिटर पेट्रोल आयात भएको छ ।

यसबाट दुई अर्ब २२ करोड ५२ लाख राजस्व असुली भएको छ । गत वर्षको सोही अवधिमा रु चार अर्ब चार करोड २९ लाख बराबरको ४४ हजार ९७६ किलोलिटर पेट्रोल आयात भएको थियो । उक्त पेट्रोल आयात हुँदा दुई अर्ब ५१ करोड ७९ लाख राजस्व असुली भएको छ ।

त्यस्तै तीन अर्ब ९५ करोड ८२ लाख बराबरको तीन करोड ४८ लाख ९८ हजार किलो एलपी ग्यास आयात भएकामा गत वर्ष चार अर्ब २६ करोड ८२ लाख बराबरको तीन करोड ६९ लाख दुई हजार ६७० किलो एलपी ग्यास आयात भएको शर्माले बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

लुम्बिनी प्रदेशका १ हजार ६२ पत्रकारको दुर्घटना बिमा

४ असार २०८०, सोमबार १३:२१
नेपालगञ्ज : लुम्बिनीका १ हजार ६२ क्रियाशील पत्रकारको एकमुष्ट दुर्घटना बीमा गरिएको छ । पत्रकार महासंघ लुम्बिनीको पहलमा प्रदेशका क्रियाशील एक हजार ६२ जना पत्रकारको सामूहिक दुर्घटना बीमा गरिएको हो । प्रदेश सरकारको सहकार्यमा एक हजार ६२ जना पत्रकारको एक पत्रकार बराबर ६ लाख २५ हजार रुपैयाँको दुर्घटना बीमा गरिएको […]