सदरलाइनडटकम,
काठमाण्डौ : प्रधानमन्त्री केपी शर्मा ओली र भारतीय समकक्षी नरेन्द्र मोदीबीच टेलिफोन संवाद भएको छ । शुक्रवार बिहान भएको संवादमा कोरोना भाइरसको महामारीविरुद्ध भइरहेको सहकार्यलाई थप सशक्त बनाउने विषयमा छलफल भएको प्रधानमन्त्री ओलीले ट्वीटमार्फत जानकारी दिए ।
संवादका क्रममा लकडाउनका कारण एकअर्काको देशमा रोकिएका नागरिकलाई आ–आफ्नो देशमा राम्रो हेरचाह गर्ने विषयमा जोड दिएको प्रधानमन्त्री ओलीले बताए ।
यस्तै आपूर्ति व्यवस्थालाई निरन्तर कायम राख्न र थप सहज र सुचारु राख्न पनि कुराकानी भएको छ । भारत सरकारले उपलब्ध गराउने औषधिलगायतको सहयोगको लागि धन्यवाद दिएको प्रधानमन्त्री ओलीले जानकारी दिए ।
