नेपालगन्जका युवा निर्देशक ठकुरीको नयाँ म्युजिक भिडियो बजारमा आउदै

२२ असार २०७४, बिहीबार २०:०८
 

सदरलाइनडटकम
२२ असार नेपालगन्न : नेपालगंन्जका युवा निर्देशक सागर सिंह ठकुरीको नयाँ म्युजिक भिडियो बजारमा आउने तैयारीमा रहेको छ ।
दर्जनौ म्युजिक भिडियोमा निर्देशन , छायांकन तथा सम्पादन गरेका सागरले २०७४ सालको पहिलो भेटसंगै भेट शिर्षक नामक म्युजिक भिडियो बजारमा ल्याउने तैयारीमा छन् ।
आधुनिक गीत मा स्वर राकेश ओली एबम शब्द संगीत धर्मराज खत्रीको रहेको छ । गोरखा म्युजिक प्रालिले निर्माण गरेको उक्त भिडियोमा नव कलाकार सरोज आचार्य तथा चर्चित मोडेल उर्मिला रायमाझीको बेजोड अभिनय देख्न सकिनेछ ।
राजधानीको के एण्ड के कलेजमा छायांकन गरिएको सो भिडियोमा केहि फरक पन दिन खोजेको निर्देशक सागरले जनाएका छन् ।
गौतमराज खड्काको सम्पादन एबम सागर गौतमको छायांकन रहेको उक्त म्युजिक भिडियो जुलाई १५ मा सार्बजनिक गरिने निर्देशक ठकुरीले जानकारी दिए । निर्देशक सागर मध्यपश्चिमका चर्चित चित्रकार नेपालगन्ज निवासी श्यामानन्द सिंह ठकुरीका कान्छा छोरा हुन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

बैदेशिक रोजगारमा रहेका युवाको समुहले गाउका विपन्न र जेहेन्दार विद्यार्थीका लागि पढाईको जोहो गर्दै

२२ असार २०७४, बिहीबार २०:०८
जिता केसी / सदरलाइन २३ असार, कोहलपुर (बाँके) : पढ्ने उमेरमा आर्थिक अभावको कारण आफुले पढ्ने अवसर नपाएका तर, हाल बैदेशिक रोजगारमा रहेका बाँके राप्ती सोनारी गाउपालिका वडा नं.१ खासकुश्मा बाँकेका केही युवाहरुले पढ्न चाहाने विपन्न र जेहेन्दार छात्रछात्राको लागि छात्रबृत्ति कोष स्थापना गरेका छन् । वैदेशिक रोजगारीका लागि विदेश […]