सदरलाइनडटकम,
डोल्पा : सुत्केरी भएको ६ घण्टासम्म निरन्तर रक्तश्राव नरोकिँदा डोल्पा ठूलीभेरी नगरपालिका ६ दुरगाउँ डोल्पाकी २२ वर्षीय लालुकुमारी रोकायको मृत्यु भएको छ । शुक्रवार बेलुकीसम्म सुत्केरीको ज्यान बचाउन धेरै प्रयास गरिएपनि नजिक स्वास्थ्य संस्थासमेत नहुँदा बचाउन नसकिएको स्थानीयवासी लक्ष्मी कार्कीले जानकारी दिइन् ।
असुरक्षितरुपमा घरमै सुत्केरी भएकी रोकायलाई स्थानीय स्वास्थ्यकर्मी हरिबहादुर रोकायले सामान्य प्राथमिक उपचार गरेपनि बचाउन नसकिएको कार्कीले बताइन् । मृतक रोकायले तेस्रो बच्चा जन्माएकी थिइन् । आमाको मृत्यु भएपनि छोरीको स्वास्थ्य अवस्था राम्रो भएको बताइएको छ ।
