नेपालगञ्ज : कोरोना भाइरस संक्रमणबाट भेरी अस्पतालमा थप एक जनाको मृत्यु भएको छ । ठाकुर बाबा नगरपालिका–९ बर्दियाका ५२ वर्षीय पुरुषको मृत्यु भएको हो ।
असार २० गते भेरी अस्पतालमा भर्ना भएकाउनको त्यसको भोलिपल्ट पीसीआर परीक्षण गर्दा रिपोर्ट पोजेटिभ आएको थियो ।
त्यसपछि उनलाई कोभिड वार्डमा राखेर उपचार सुरु गरिएको थियो । योसँगै उपचारका लागि बाँकेमा आएका बाहिरी जिल्लाका ३ सय ७७ जनाको मृत्यु भएको छ ।