सदरलाइनडटकम,
नेपालगञ्ज : नेपालगञ्जमा लक्ष्मीनारायण साधना शिविर हुने भएको छ । सो कार्यक्रम माँ भगवती नारायण सिद्धाश्रम साधक परिवारको आयोजनामा हुने भएको हो ।
सदगुरुदेव डा. नारायण दत्त श्रीमालीको महाराजद्वारा स्थापित अन्तर्राष्ट्रिय सिद्धाश्रम साधक परिवारको तत्वाधानमा हुन लागेको शिविरमा करिव एक हजार भन्दा बढिको उपस्थिति हुने आयोजकले जनाएको छ ।
यसैगरी कार्यक्रमको बारेमा जानाकारी दिदै साधक परिवार नेपालगञ्ज बाँकेका अध्यक्ष कमल विष्टले नेपाल तथा भारतको लखनउ, बहराइच लगाएका क्षेत्रहरुबाट समेत भक्तजनहरु आउने कार्यक्रम रहेको बताए ।
शिविरमा विभिन्न शक्तिपात दिक्षाहरु प्रदान गर्ने कार्यक्रम रहेका पनि आयोजकले बताएका छ । कार्यक्रम नेपालगञ्ज न्युरोडमा विहान ११ बजेदेखि सुरु हुने भएको छ ।
