कक्षा ११ र १२ को परीक्षा अनिश्चितकाल स्थगित

२५ चैत्र २०७६, मंगलवार १६:०८
 

सदरलाइनडटकम,
काठमाण्डौ : सरकारले कक्षा ११ र १२ को परीक्षा अनिश्चितकालका लागि स्थगित गरेको छ । राष्ट्रिय परीक्षा बोर्डको मंगलवार बसेको बैठकले अर्काे सूचना नआएसम्मका लागि परीक्षा स्थगित गर्ने निर्णय गरेको बोर्डका सदस्य सचिव दुर्गाप्रसाद अर्यालले जानकारी दिए । कोरोना भाइरस (कोभिड १९) को रोकथामका लागि लकडाउन चलिरहेकाले परीक्षा स्थगित गर्नेबारे मंलवार निर्णय भएको हो ।
यसैबीच माध्यमिक शिक्षा परीक्षा (एसईई) लकडाउन खुलेपछि मात्रै गर्ने भएकाले विद्यार्थीलाई त्यही अनुसारको तयारी गर्न आग्रह सरकारले गरेको छ । सामाजिक सञ्जालमा मितिनै तोकेर परीक्षाको बारेमा अनावश्यक हल्ला फैलाइएकोमा आपत्ति जनाउँदै राष्ट्रिय परीक्षा बोर्डले लकडाउन नखुली परीक्षाको मिति नतोकिने स्पष्ट पारेको छ ।
बोर्डका सदस्य सचिव अर्यालले लकडाउन खुलेपछि पनि विद्यार्थीलाई तयारीका लागि दुई हप्ता दिएर मात्रै परीक्षाको मिति तय गर्ने भएकाले त्यही अनुसारको तयारी गर्न आग्रह गरे ।


Next Post

नरैनापुरमा राहत वितरण गरिँदै

२५ चैत्र २०७६, मंगलवार १६:०८
सदरलाइनडटकम, नरैनापुर (बाँके) : बाँकेको नरैनापुर गाउँपालिकामा मंगलवारदेखि राहत वितरण शुरु भएको छ । ६ वटै वडामा राहत वितरण शुरु गरिएको प्रमुख प्रशासकीय अधिकृत मणिराम खरालले जानकारी दिए । उनका अनुसार ६ वटा वडाका ८ सय जना श्रमिक र असहायहरुलाई राहत वितरण गरिँदैछ । प्रति परिवार २० किलो चामल, २ […]