नेपालगञ्जमा उपमेयर छात्रा क्रिकेट हुने

२० फाल्गुन २०७५, सोमबार १७:४७
 

सदरलाइनडटकम,
नेपालगञ्ज : नेपालगञ्जमा मंगलवारदेखि प्रथम अन्तर मावि उपमेयर छात्रा क्रिकेट प्रतियोगिता २०७५ हुने भएको छ । बाँके जिल्ला क्रिकेट संघको आयोजना तथा नेपालगञ्ज उपमहानगरपालिकाको सहयोगमा मंगल प्रसाद माविमा सञ्चालन हुने प्रतियोगितामा १४ टीम सहभागी हुने संयोजक एवं प्रशिक्षक जमील अन्सारीले बताए ।
संघले सोमवार नेपालगञ्जमा पत्रकार सम्मेलन गरेर प्रतियोगिताको सम्पूर्ण तयारी पुरा भएको जानकारी गराएको छ । छात्र प्रतियोगिताका लागि तीन लाख वजेट छुट्याएको उपमहानगरपालिकाले छात्रा क्रिकेट तालिम र प्रतियोगिताका लागि ६ लाख सहयोग गरेको बताइएको छ । नेपालगञ्ज उपमहानगरपालिकाका मेयर डा. धवल शमशेर राणाले महिला क्रिकेटको उद्गमस्थल नेपालगञ्जमा क्रिकेट विकास गर्न प्रतियोगितालाई निरन्तरता दिइने बताए ।
कार्यक्रममा उपमेयर उमा थापा मगरले क्रिकेट सुधारका लागि प्रतियोगितासँगै मैदान लगायतका पुर्वाधार निर्माणलाई प्राथमिकता दिइने जिकिर गरिन् । २८ गतेसम्म चल्ने प्रतियोगितामा विहान र साँझ गरि दुई वटा खेल खेलाईने क्रिकेट संघ बाँकेका अध्यक्ष दुर्गाबहादुर थापाले जानकारी दिए ।
प्रतियोगितामा प्रथम हुनेलाई ४० हजार र दोश्रोलाई २० हजार रुपैयाँ लगायतका पुरस्कार दिइने उनले बताए । मंगलवार हुने उद्घाटन खेलमा सरस्वती माबि र वेस्ट जोनबीच प्रतिस्पर्धा हुनेछ । पत्रकार सम्मेलनमा नेपाल क्रिकेट संघका उपाध्यक्ष सञ्जय सिंह, वडाध्यक्षहरु सुनिलसिंह हमाल, विरेन्द्र शाहलगायतको उपस्थिती थियो ।

Next Post

हुलाकी सडकमा पुनः कालोपत्रे थपिने

२० फाल्गुन २०७५, सोमबार १७:४७
सदरलाइनडटकम, नेपालगञ्ज : बाँकेमा निर्माण भईरहेको हुलाकी सडकको कार्यपत्र प्रारम्भिकखालको मात्रै रहेको छ । दोश्रो चरणमा फेरी केही दिनमै कालोपत्रे थपिने भएको छ । हुलाकी राजमार्ग निर्देशनालय योजना कार्यालय नेपालगञ्जका प्रमुख युवराज पाखरेलले हाल भईरहेको पिँच पहिलो चरणको भएको बताए । हुलाकी सडक अन्तर्गत बाँकेको नेपालगञ्ज उप–महानगरपालिकाको पुष्पलालचौकदेखि नरैनापुर गाउँपालिकाको […]