पोखराको केस पोजेटिभ आएको छैन : स्वास्थ्य मन्त्रालय

२१ चैत्र २०७६, शुक्रबार १६:४२
 

सदरलाइनडटकम,
काठमाण्डौ : स्वास्थ्य मन्त्रालयले पोखरामा पछिल्लो समयमा सञ्चारमाध्यममा आएको कोरोना भाइरस संक्रमणको पुष्टि नभएको जानकारी दिएको छ । स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले शुक्रवारको मिडिया ब्रिफिङका क्रममा पोखरामा भारतबाट आएका व्यक्तिमा कोरोना भाइरस संक्रमण देखिएको भनिए पनि त्यो पोजेटिभ नआएको स्पष्ट पारेका छन् ।
पोखरास्थित क्षेत्रीय प्रयोगशालामा ती व्यक्तिमा रिपोर्ट पोजेटिभ देखिएको र टेकुस्थित जनस्वास्थ्य प्रयोगशालामा थप परीक्षणका लागि पठाइएको प्रदेश ४ का मन्त्री किरण गुरुङले जानकारी दिएका थिए ।
प्रवक्ता देवकोटाले भने क्षेत्रीय प्रयोगशाला भर्खर सञ्चालनमा आउन थालेकाले पूर्ण नतिजा दिन समय लाग्ने र एकपटक आएको नतिजा क्षेत्रीय प्रयोगशाला र काठमाण्डौ दुवैतिर पुनर्परीक्षण गर्नुपर्ने उल्लेख गरेका थिए ।

Next Post

कोरनाबिरुद्धको अभियानमा संयुक्त प्रयासले मात्र परिस्थितिको सामना गर्न सकिन्छ : मन्त्री भण्डारी

२१ चैत्र २०७६, शुक्रबार १६:४२
सदरलाइनडटकम, नेपालगञ्ज  : कर्णाली प्रदेश सरकारका आन्तरिक मामिला तथा कानुन मन्त्री नरेश भण्डारीले संयुक्त प्रयासले मात्र हालको परिस्थितिको सामना गर्न सकिने बताएका छन् । कोबिड–१९ नोबल कोरना भाईरसको संक्रमण फैलन नदिनको आव्हान गरिएको लकडाउनका कारण नेपाल भारत सीमा क्षेत्रको दशगजमा रहेको क्वारेन्टाइनको स्थलगत अवलोकन गर्दै सो कुरा बताएका हुन । […]