बाँकेको खजुरामा जारी महायज्ञको समय एक दिन थप

सदरलाइन संवाददाता ३० फाल्गुन २०७९, मंगलवार १५:३२
 

खजुरा (बाँके) : बाँकेको खजुरामा जारी सप्ताहब्यापी श्रीमदभागवत ज्ञान महायज्ञ १ दिनका लागी थप गरिएको छ । दानकर्ताहरुको चाप र स्थानीयको मागलाई सम्बोधन गर्दै महायज्ञको अवधि थप भएको आयोजक लक्ष्मीनारायण मन्दिर व्यवस्थापन समितिले जनाएको छ ।

२४ गतेबाट सुरु भएको महायज्ञमा सोमबार मात्र १५ लाख बढी रकम संकलन भएको महायज्ञ सम्पादन समितिको आर्थिक उपसमितिले जानकारी दिएको छ । आर्थिक सहयोग दिनेहरुको चाप बढ्दै गएको र संकलनको व्यवस्थापनका कारण भागवत कथाको अध्याय नसकिएकाले एकदिनका लाथि महायज्ञको अवधि थप भएको सम्पादन समितिका अध्यक्ष शिवराज श्रेष्ठले बताए । उनले स्थानीयको मागलाई ध्यानमा राखेर चेत्र १ गते कथा प्रवचन सक्ने गरि समापनको कार्यक्रम तय गरिएको जानकारी दिए ।

सोमबार मात्र स्थानीय उद्योगी उत्तमराज घिमिरेबाट १ लाख ११ हजार, स्थानीय समाजसेवी धनसिंह रानाबाट १ लाख १ हजार १११ आर्थिक सहयोग प्रदान भएको अर्थिक समितिका संयोजक बिजय बुढाथोकीले बताए । रु ५ हजार दान दिनेको नाम समेत शिलालेखमा समावेश गरिने निर्णय भएसँगै दान दिनेहरुको घुँईचो लागेको उनले बताए ।


खजुरा आसपासका ऐतिहासिक मठ मन्दिरहरु सहित खजुरा क्षेत्रलाई धार्मिक पर्यटनको केन्द्र बनाउने र खजुरामा ६० फुट अग्लो सालिग्राम माथि विशाल सुदसैन चक्र सहितको लक्ष्मीनारायणको मूर्ती स्थापना गर्ने उद्देश्यले आयोजना गरिएको महायज्ञमा बालकृष्ण अर्याल सहितको संगीतमय टोलीले धार्मिक कथा वाचन गरिरहेका छन् । भागवत कथा संगै कलाकारहरुको सन्देशमुलक र राष्ट्रप्रेम झल्कने जिवन्त कलाले महायज्ञमा अर्को उर्जा थपेको स्थानीय शिक्षिका पद्मा शर्माले बताइन् ।

सुशिल कोईराला प्रखर क्यान्सर अस्पतालका संकल्पकर्ता सन्त दीनदयालजी महाराजकै संकल्पमा आयोजित महायज्ञले खजुरा क्षेत्रमा धार्मिकस्थलहरुको सम्बद्र्धन हुने र धार्मिक स्थलहरुको महिमाको प्रचार हुने मन्दिर व्ष्वस्थापन समितिका सदस्य राधा ढकालले बताइन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

बालिका बलात्कार गरेको आरोपमा डुडुवामा एक जना पक्राउ

३० फाल्गुन २०७९, मंगलवार १५:३२
नेपालगञ्ज : बाँकेको डुडुवामा १२ वर्षीया बालिका बलात्कृत भएकी छिन् । ती बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा डुडुवा गाउँपालिका–३ बाबुपुरुवा बस्ने ३३ वर्षीय बजरंगबली लोहारलाई प्रहरीले पक्राउ गरेको छ । लोहारले ती बालिकालाई सोही ठाउँस्थित आँपको बगैंचामा लगि जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा ईलाका प्रहरी कार्यालय बनकट्टीबाट खटिएको प्रहरीले […]