कोरनाबिरुद्धको अभियानमा संयुक्त प्रयासले मात्र परिस्थितिको सामना गर्न सकिन्छ : मन्त्री भण्डारी

२१ चैत्र २०७६, शुक्रबार २२:२३
 

सदरलाइनडटकम,
नेपालगञ्ज  : कर्णाली प्रदेश सरकारका आन्तरिक मामिला तथा कानुन मन्त्री नरेश भण्डारीले संयुक्त प्रयासले मात्र हालको परिस्थितिको सामना गर्न सकिने बताएका छन् ।

कोबिड–१९ नोबल कोरना भाईरसको संक्रमण फैलन नदिनको आव्हान गरिएको लकडाउनका कारण नेपाल भारत सीमा क्षेत्रको दशगजमा रहेको क्वारेन्टाइनको स्थलगत अवलोकन गर्दै सो कुरा बताएका हुन ।

रोजगारको शिलशिलामा भारतमा रहेका र नेपाल–भारत सीमा नाका लकडाउन भएपछि नेपाल आउन नसकेका कर्णाली लगायतका विभिन्न २५ जिल्लाका नागरिकलाई दशगजाको क्वारेन्टाईनमा भेटगर्दै कोरोनाको महामारीबाट जोगिनको लागि सबैको हातेमालोसंगै सहयोग आवश्यक रहेको औल्याए ।

लकडाउन पछि भारतका विभिन्न स्थानबाट आएका १८१ नागरिक मध्ये ५४ जना कर्णाली प्रदेशका नागरिक रहेका छन् । उनीहरुलाई दशगजामा नेपाली सेनाले निर्माण गरेको अस्थायी क्वारेन्टाइनमा राखिएको छ । उनले त्यहाँ रहेका कर्णालीबासी र अन्य जिल्लाका नागरिको अवस्थाको बारेमा चासो लिएका थिए ।


कर्णाली प्रदेशका आतरिक मामिला तथा कानून मन्त्री भण्डारीले विश्वमा फैलिएको कोबिड–१९ नोबल कोरना भाईरसको संक्रमणको महामारी रोक्नको लागि अन्तर प्रदेशबीच समन्वयबाट धेरै कुरामा सहज हुने कुरामा जोड दिए ।

उनले भने–‘ अहिलेको अवस्थामा सामुहिक ढंगले सचेतना अपनाउदै अलपत्र परेका नागरिकको उद्दार गरी क्वारेन्टाईनमा पठाउनुको साथै उपचार र राहतको व्यवस्थापन गर्न आवश्यक छ । सबैको सहकार्यबाट मात्रै यो संभव छ ।’

उनले बाँके कर्णाली प्रदेशको गेट वे भएको कारणले पनि बाँके हुँदै कर्णाली प्रदेशका जनताहरु रोजगारीको लागि भारत जाने गरेको बताउदै कर्णाली प्रदेस र पाँच नंम्बर प्रदेश सरकारको संयुक्त पहलबाट मात्रै अहिलेको संकटबाट निकास पाउन सकिने कुरामा जोड दिए ।

यसअघि मन्त्री भण्डारीले बाँके जिल्लाका प्रमुख जिल्ला अधिकारी, सुरक्षा निकायका प्रमुखहरु तथा विपद व्यवस्थापन समितिका विभिन्न व्यक्तिहरुसँग समेत बर्तमान अवस्थाका बारेमा छलफल गरेका थिए ।

Next Post

कोविड–१९ राहत कोष, बाँकेद्वारा डुडुवामा राहत बितरण

२१ चैत्र २०७६, शुक्रबार २२:२३
सदरलाइनडटकम, नेपालगञ्ज :  विस्वब्यापी रूपमा फैलिएको कोरोना भाइरस (कोबिड–१९) को संक्रमणबाट जोगिनको लागि आव्हान गरिएको लकडाउनबाट प्रभावित भएका र दैनिक ज्यालामजदुरी गरेर गर्जो टार्दै आउनेलार्ई लक्षित गरी स्वस्फूर्त रुपमा निर्माण गरिएको कोविड–१९ राहत कोष,बाँकेले आफ्नो उद्देश्य अनुसार राहत सामाग्री स्थानीय तह मार्फत उपलब्ध गराउन सुरु गरेको छ । लकडाउनबाट प्रभावित […]