नेपालमा कोरोना संक्रमितको संख्या सात पुग्यो

२१ चैत्र २०७६, शुक्रबार १४:१५
 

सदरलाइनडटकम,
काठमाण्डौ : नेपालमा कोरोनाका सातौं संक्रमित भेटिएका छन् । कोरोनाको छैठौं संक्रमित बिहीवार फेला परेको भोलीपल्टै भारतबाट फर्किएका कास्कीका एक व्यक्तिमा कोरानाको संक्रमण देखिएको हो ।
पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानले गरेको परीक्षणमा कोरोनाको संक्रमण पोजेटिभ देखिएको गण्डकी प्रदेश सरकारले जनाएको छ । ती व्यक्तिको नमूना संकलन गरेर पुनःपरीक्षणका लागि पठाइएको प्रदेश सरकारले जनाएको छ ।

Next Post

पोखराको केस पोजेटिभ आएको छैन : स्वास्थ्य मन्त्रालय

२१ चैत्र २०७६, शुक्रबार १४:१५
सदरलाइनडटकम, काठमाण्डौ : स्वास्थ्य मन्त्रालयले पोखरामा पछिल्लो समयमा सञ्चारमाध्यममा आएको कोरोना भाइरस संक्रमणको पुष्टि नभएको जानकारी दिएको छ । स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले शुक्रवारको मिडिया ब्रिफिङका क्रममा पोखरामा भारतबाट आएका व्यक्तिमा कोरोना भाइरस संक्रमण देखिएको भनिए पनि त्यो पोजेटिभ नआएको स्पष्ट पारेका छन् । पोखरास्थित क्षेत्रीय प्रयोगशालामा ती […]

सम्बन्धित