करोडौंका होल्डिङ सेन्टर अलपत्र अवस्थामा

सदरलाइन संवाददाता २४ बैशाख २०८०, आईतवार १३:४४
 

नेपालगञ्ज : कोरोना संक्रमणको दोस्रो लहरपछि सरकारले दक्षिणी नाकामा बनाएको सुविधासम्पन्न होल्डिङ सेन्टर प्रयोगविहीन बनेका छन् । संघीय सरकारले नेपाली सेनामार्फत ०७८ सालमा पूर्वको काँकडभिट्टादेखि पश्चिम गड्डाचौकीसम्मका सातवटा नाकामा सेन्टर निर्माण गरेको थियो । त्यसका लागि ललितपुरको हनुमान कन्स्ट्रक्शन कम्पनीलाई एकै डिजाइनमा बनाउने गरी ठेक्का दिइएको थियो ।

नाकामा परीक्षण गरेर संक्रमण देखिएकालाई क्वारेन्टाइनमा नराखी सिधै घर पठाउँदा गाउँसम्म संक्रमण फैलिएपछि रोकथाम गर्न सेन्टर स्थापना भएका हुन् । तर, प्रयोगमै आउन सकेका छैनन् । ती संरचनाका सामान चोरी हुन थालेपछि अहिले सेन्टरमा पहरा दिन सेना खटिएको छ ।

अहिले नेपालगञ्जको जमुनाहा नाका हुँदै आउनेको रगत परीक्षण गर्दा संक्रमण देखिन थालेको हो । अस्पतालका शय्यामा संक्रमितको संख्या थपिँदै गएको छ । तर, सरकारले होल्डिङ सेन्टर प्रयोगमा ल्याएर संक्रमितको उपचार गर्ने व्यवस्था मिलाउन सकेको छैन ।


बाँकेका प्रमुख जिल्ला अधिकारी विपिन आचार्यले सेन्टरलाई कसरी प्रयोग गर्ने भन्नेबारे गृह मन्त्रालयलाई गत वर्ष नै सुझाव पठाएको बताए । ‘निर्देशन पर्खिरहेका छौं । त्यहीअनुरूप व्यवस्थापन गर्छौं,’ उनले भने ।

अहिले यहाँका संक्रमितहरू सेन्टरमा होइन होम आइसोलेसनमा छन् । सेन्टर सञ्चालनबारे कुनै निर्णय नभएको जिल्ला कोभिड व्यवस्थापन समितिका फोकल पर्सन तेज वलीको भनाइ छ । जिल्ला कोभिड व्यवस्थापन समितिका अनुसार पहिलो लहर सुरु भएयता २१ हजार ३ सय ६४ जना संक्रमित भएका छन् ।

चैतदेखि आइतबारसम्म १ सयभन्दा बढीमा संक्रमण देखिएको छ । ६ जना होम आइसोलेशनमा छन् । संक्रमण बढिरहेको अवस्थामा सरकारले जतिसक्दो छिटो होल्डिङ सेन्टर सञ्चालन गर्ने व्यवस्था मिलाउनुपर्ने अधिकारकर्मी वसन्त गौतमले बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

इ–रिक्सा व्यवस्थापनका लागि नेपालगञ्जको ‘सचेतीकरण अभियान’

२४ बैशाख २०८०, आईतवार १३:४४
नेपालगञ्ज : इ–रिक्साहरुको चुस्त व्यवस्थापनमा जुटेको नेपालगञ्ज उपमहानगरपालिकाले आइतवारदेखि ‘सचेतीकरण अभियान’ थालेको छ । जेठ १० गतेसम्म चल्ने सचेतीकरण अभियानको शुरुवात गणेशमान चोकबाट गरिएको छ । नगर प्रमुख प्रशान्त विष्ट, उपप्रमुख कमरुद्दिन राई, ट्राफिक प्रहरी, नगर प्रहरी, इ–रिक्सा प्रालिका प्रतिनिधि लगायत सरोकारवालाहरुले सडकमा गुडिरहेका इ–रिक्साहरुको आधिकारिकता परीक्षणसंगै अवैधानिक तरिकाले नचलाउन […]