सदरलाइनडटकम,
नेपालगञ्ज : बाँकेमा एक सरकारी नम्बरको मोटरसाइकलमा आगजनी गरिएको छ । नेपालगञ्जको कारकाँदो स्थित नेपाल टेलिकमको क्षेत्रीय कार्यालय अगाडी भे १ ब १०७६ नम्बरको सरकारी मोटरसाइकलमा शनिवार दिउँसो नेबिसंघका कार्यकताले आगजनी गरेका हुन् ।
वडा प्रहरी कार्यालय नेपालगञ्जका प्रमुख प्रहरी निरीक्षक नारायण डाँगीका अनुसार आगजनीले मोटरसाईकलमा आंशिक क्षति पुगेको छ । आगजनी गरिएको मोटरसाईकल बढैयाताल गाउँपालिका बर्दियाको रहेको जनाइएको छ ।
सरकारको विरोध गर्दै नेपाल विद्यार्थी संघले आज सरकारी सवारी साधान सञ्चालनमा रोक लगाउने चेतावनी दिएको थियो । दुई तिहाईको दम्भ देखाएर वर्तमान सरकारले विपक्षी पार्टीलाई पाखा लगाउँदै मनोमानी ढंगले काम गरेको भन्दै नेविसंघले सरकारको विरोध गर्दै आएको छ ।
