बाढी पीडितको उद्धार तथा राहतमा जुटिन् निवर्तमान सांसद नमूना

सदरलाइन संवाददाता २२ आश्विन २०७९, शनिबार १६:२४
 

नेपालगञ्ज : नेकपा माओवादी केन्द्रकी युवा नेतृ तथा निवर्तमान लुम्बिनी प्रदेश सांसद कृष्णा केसी (नमूना) बाँकेका बाढीपीडितको उद्धार तथा राहतमा जुटेकी छन् ।

अधिकांश दलका ठूला नेताहरु आसन्न मंसिर ४ गते हुन गइरहेको प्रदेश र संघको निर्वाचनको लागि टिकटको लागि दौडधुप गरिरहेका बेला नमूना भने बाढीपीडित क्षेत्रमा पुगेर शुक्रबारदेखि उद्दार राहतमा खटेकी हुन् ।

बाँकेका राप्ती सोनारी र नरैनापुर गाउँपालिकाका विभिन्न क्षेत्रमा पुगेर राहत तथा उद्धारमा निवर्तमान सांसद नमूनसहितको टोली बाढी पीडितको उद्धारमा जुटेको नेकपा माओवादी केन्द्रका युवा नेता सूर्य प्रकाश घर्तीले जानकारी दिए ।

‘निवर्तमान सांसद नमूनाको टोली दुई दिनदेखि बाढी प्रभावित क्षेत्रमा रहेको छ’ उनले राप्ती पारीबाट भने, ‘अहिले पनि यहाँ हामीले बाढीपीडितको उद्दारका साथै डुवानमा परेका घरबाट सामान बाहिर निकालिरहेका छौं ।’

मानवीय क्षति नभएपनि बाढी घरमा पस्दा भौतिक क्षति धेरै भएको युवा नेता घर्तीले जानकारी दिए । युवा नेतृसमेत रहेकी निवर्तमान लुम्बिनी प्रदेश सांसद नमूना आफैं स्थानीयका ट्रयाक्टरमा बसेर उद्धार तथा राहतमा जुटेकी हुन् ।


‘अहिले राप्ती वहाव शुक्रवारको तुलनामा केही कम भएकाले स्थानीयमा त्रास कम भएको छ’ बैजापुरबाट उनले टेलिफोनमा भनिन्, ‘विद्यालय र सामुदायिक भवनमा राखिएका बाढी प्रभावितलाई खानाका लागि व्यवस्थापन मिलाइ राखेका छौं ।’

बाढी प्रभावितको उचित व्यवस्थापनका लागि स्थानीय, प्रदेश र संघ सरकारलाई गुहारेको उनले बताइन् । बाढीका कारण राप्ती सोनारी र नरैनापुरको विद्युत् अवरुद्ध भएकाले तत्काल सुचारुका लागि काम थालिएको नमूनाले जानकारी दिइन् ।

‘दुवै पालिकाको विद्युत् छिटोभन्दा छिटो सुचारु गर्नका लागि विद्युत प्राधिकरणसँग कुरा भइसकेको छ’ उनले भनिन्, ‘नदीमा बाढीको बहाव र निरन्तर पानी परिरहेकोले समस्या भइरहेको छ । पानी राकिने वित्तिकै नदी बाहेकका अन्य स्थानको काम शुरु हुन्छ ।’

सेल्टर होममा साईपुर, लालपुर, नवलपुर गाउँका ४० घरका करीब १५० जना बसेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

डुडुवाका बाढी पीडितलाई खानाको व्यवस्थापन

२२ आश्विन २०७९, शनिबार १६:२४
डुडुवा (बाँके) : बाँकेको डुडुवा गाउँपालिकाका बाढी पीडित विस्थापित परिवारलाई राहत तथा खानाको व्यवस्था मिलाइएको छ । गाउँपालिका अध्यक्ष नरेन्द्रकुमार चौधरीले बाढीबाट प्रत्यक्ष प्रभावित तथा अश्रयस्थलमा बसिरहेका करिब चार सय जनालाई पुग्ने गरी तत्काल तयारी खाजा र खानाको व्यवस्था गरेका हुन् । गाउँपालिका वडा नं. १ का छिटाईपुर्वास्थित दुई वटा […]

सम्बन्धित