बर्दियामा दुई जनाको रिपोर्ट नेगेटिभ, एकको आउँन बाँकी

२० चैत्र २०७६, बिहीबार २१:०४
 

सदरलाइन / सुदीप अधिकारी,
बर्दिया  : कोरोना भाइरस संक्रमणको आशंकमा अहिलेसम्म गरिएको नमुना परीक्षणमा बर्दियामा दुई जनाको रिपोर्ट नेगेटिभ देखिएको छ । भने एक जनाको रिपोर्ट आउन बाँकी छ ।

२ जना आइसुलेसन र एक जना क्वारेन्टाइनमा बसेकाको नमुना परीक्षणका लागि जनस्वास्थ्य प्रयोगशाला काठमाण्डौँ पठाइएको थियो । नमुना पठाइएको मध्ये २ जनाको रिर्पोट आइसकेको र दुबै जनाको नेगेटिभ रिपोर्ट देखिएको र कताबरबाट आएका एक जनाको रिपोर्ट आउन बाँकी रहेको बर्दियाका प्रमुख जिल्ला अधिकारी प्रेमलाल लामिछाने जानकारी दिए ।

सदरमुकाम गुलरियाको क्वारेन्टाइनमा रहेका मध्ये उच्च ज्वरो आएका २ जना र कतारबाट आएकी संक्रमित महिलासंगै आएका बाँसगढीको क्वारेन्टाइनमा राखिएका एक जनाको स्वाब परिक्षण गर्न पठाईएको थियो ।


यसैगरि बर्दियामा अहिलेसम्म ८ वटा स्थानिय तहका विभिन्न २५ ठाउँमा ३४८ जनालाई क्वारेन्टाइनमा राखिएको छ । यहाँ ४४९ क्वारेन्टाइन बेड संख्या रहेको छ ।

प्रदेश नम्बर ५ मा बर्दिया सबैभन्दा धेरै क्वारेन्टाइनस्थल बनाईएको र सबैभन्दा बढीलाई क्वारेन्टाइनमा राखिएको प्रशासनले जनाएको छ । कोरोना भाइरस संक्रमण फैलिन सक्ने बर्दिया जिल्ला उच्च जोखिमा रहेको छ । त्यसैले उच्च सर्तकता अपनाईएको छ ।

Next Post

नेपालगञ्जका विपन्नलाई सामाजिक आधार समुहको राहत

२० चैत्र २०७६, बिहीबार २१:०४
सदरलाइन / लक्ष्मी तिमिल्सेना , नेपालगञ्ज  : कोरोना भाईरसको संक्रमणबाट जोगिन आव्हान गरेको लकडाउनका कारण प्रभावितलाई सामाजिक आधार समुह (ग्रुपअफ सोसल फाण्डेशन) ले नेपालगञ्ज उपमहानगरपालिकाका विभिन्न स्थानमा राहत वितरण गरेकोे छ । कोरोना भाइरसको कहर चलिरहँदा नेपाल सरकारले लगाएको लकडाउनमा अति विपन्न गरिव दुखि, अपाङग नागरिकलाई राहत वितरण गरेको हो […]